इटहरी । एक महिना अघि विराटनगरमा रहेको विराट टिचींग हस्पिटल र विराट नर्सींग होमले  ४० जना नर्सहरूको भ्याकेन्सी आव्हान ग¥यो । 
प्रवीणता प्रमाण पत्र स्टाफ नर्स र व्याचलर अफ नर्स बी एन गरेकाहरूका लागि भनेर खोलिएको भ्याकेन्सीमा १६ जनाले मात्रै जागिर खानका लागि दरखास्त दिए । माग अनुसारको आवेदन नै परेन ।
कोशी अस्पताल विराटनगरका हरेक जसो वार्डहरूमा अहिले नर्सको अभाव छ । भएकाहरूले पनि धाम धम जागिर छाडेर जाँदै छन् । अस्पतालका वार्डहरू दुई तीन जना नर्सहरूले हेर्न परिरहेको छ । 

वरिष्ठ नरसिंह प्रशासक मञ्जु यादवका अनुसार अप्रेसन पछि बिरामीलाई राख्ने वार्डमा समेत नर्सहरू छैनन् । सबै भन्दा संवेदनशील वार्डमै नर्सहरू नभएपछि अन्यत्रको अवस्था के होला ? उनले भनिन् कोशी अस्पतालमा जागिर छाड्ने नर्सहरूको चरम अभाव छ ।  
पछिल्लो समय युरोप अमेरिका अस्ट्रेलिया, जापान तथा खाडी देशहरूमा नेपाली नर्सहरूको उच्च माग छ । माग उच्च भएपछि नर्सहरू कामका लागि विदेश जान थालेका छन् । यसले काम गरिरहेकाहरूले पनि राजीनामा दिइरहेका छन् । नेपाल सरकारले ती बेलायत र अस्ट्रेलियासँग सम्झौता गरेर नर्सहरू पठाउँदै आएको छ । विराट हेल्थ कलेजका प्रबन्ध निर्देशक राजन खत्रीले भने युरोप र अस्ट्रेलिया सरकारले नर्स पठाँउदैछ यहाँ को काम गर्न आउँछ ? उनले तीन वर्षमा नेपालमा नर्सहरूको हाहाकार हुने बताए । 

अमेरिकाले अहिले नर्सहरूका लागि अमेरिकी नरसिंग काउन्सिलमा दर्ता हुन अनलाइन कक्षहरू सञ्चालन गर्दै आएको छ । सो कक्षामा सामेल भई काउन्सिलमा दर्ता भएपछि उनीहरू अमेरिका जान पाउँछन् । 
जापान लगायतका देशहरूमा समेत नेपालका नर्सहरूको माग छ । तर सरकारले नर्सीङ्ग कलेज बन्द गराउने नीति लिएको छ । उनले भने यो नीतिले नेपालको स्वास्थ्य क्षेत्र कोल्याप्स हुने अवस्था आएको छ । दुवै लगायतका मुलुकका सरकार अस्पतालमा समेत नेपाली नर्सहरू गइरहेका छन् ।

कुनै बेला नेपाल अत्यधिक मात्रामा नर्सहरूको उत्पादनहूँदै आएको थियो । गोविन्द केसीको आन्दोलनका कारण सरकारले  नर्स पढाउने नीति परिवर्तन गरेका  कारण कोशी प्रदेशमा सञ्चालनमा रहेको व्याचर अफ नरसींग ( बीएन ) पढाउने सबै कलेजले बीएन कार्यक्रम  बन्द गरेका छन् ।  प्रवीणता प्रमाण पत्र तहका नर्सींग पढाउने अधिकांश कलेजहरू बन्द भएका छन् । 
तीन वर्ष अघि व्याचलर अफ नरसिंह पढ्ने विद्यार्थी र स्टाफ नर्स पढ्ने विद्यार्थीले एउटै अस्पतालमा प्राक्टिस गर्न नपाउने नियम सरकारले ल्याएपछि यो कार्यक्रम सञ्चालन गर्ने कोशी प्रदेशका कलेजहरूले व्याचलर अफ नरसिंह (बीएन ) कार्यक्रम  फेज आउट गरेका हुन् । 

विराटनगरको विराट हेल्थ कलेज, कोशी हेल्थ कलेज र नर्सींग कलेज विराटनगरले व्याचलर अफ नर्सींङ ( बीएन) कार्यक्रम सञ्चालन गर्दै आएका थिए । एउटै अस्पतालमा प्रवीणता प्रमाण पत्र तहको नरसिंह पढ्ने र व्याचरलर लेभलका नरसीङ्ग पढ्ने विद्यार्थीले एउटै अस्पतालमा इन्टर गर्न नपाएपछि बीएन कार्यक्रम नै  फेज आउट गर्नु परेको ती कलेजहरूले बताएका छन् । 
४० जना विद्यार्थीका लागि सय बेडको अस्पताल बनाउन सक्ने कुरा भएन । विराट हेल्थ कलेजका प्रबन्ध निर्देशक राजन खत्रीले सय करोड खर्च गरेर अस्पताल सञ्चालन गर्नु भन्दा कार्यक्रम नै बन्द गर्नु परेको बताए ।  विराट हेल्थ र कोशी हेल्थले पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर बीएन  कार्यक्रम सञ्चालन गर्दै आएका थिए । नर्सींग कलेज विराटनगर भने त्रिभुवन विश्व विद्यालयको आङ्गिक कलेज हो । 

ती कलेजहरूले वर्षमा ४० जनाका दरले नर्सींङको स्नातक तहको कक्षा सञ्चालन गर्ने गरेका थिए । 
सरकारको नीतिका कारण प्रवीणता प्रमाण पत्र लेभलको नर्सींग पढाई हुने कलेजहरू पनि अधिकांश बन्द भएका छन् ।  देश भर प्रमाण पत्र तहको नरसींग पढाउने कलेज १सय ३१ वटा थिए । अहिले ३४ वटा मात्रै कलेजले प्रमाण पत्र तहको कक्षा सञ्चालन गर्दै आएका छन् । कोशी प्रदेशमा अहिले विराट हेल्थ कलेज विराटनगर, न्युरो हेल्थ कलेज, लाइफ गार्ड अस्पताल र सीटिइभीटी अन्तरगतको शैले जा गुठीले मात्रै स्टाफ नर्स लेभलको कक्षा सञ्चालन गर्दै आएका छन् ।  प्रवीणता प्रमाण पत्र तहको नर्सींग पास गरेपछि व्याचलर अफ नरसिंह पढाई हुने गरेको थियो । प्रदेशमा यस विषयको कार्यक्रम फेज आउट भएपछि अहिले नर्सहरूको अभाव हुने विराट हेल्थ कलेजका प्रबन्ध निर्देशक राजन खत्रीले बताए । 
उनले भने, अबको तीन वर्षमा नर्सको हाहाकार हुने दाबी गरे । कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर र विराट टिचिङ कलेज विराटनगर वीएससी नरसिंह बिषय पढाउने गरेका छन् । ती कलेजहरूले बीएससी नरसिंङ्ग भने बायलजी लिएर प्लस टु पढेका विद्यार्थीहरूले पढ्न पाउँछन् । 
तश्विर गुगलबाट सभार