विराटनगर । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रमिकको मासिक न्यूनतम पारिश्रमिक २५ रुपैयाँ पु¥आउन माग गरेको छ ।
सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापन समेत नचल्ने अवस्था आएको भन्दै संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको हो ।
जेटियुसीसी कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब मासिक २५ हजार रुपैयाँ नपु¥याए आन्दोलनमा गर्ने चेतावनी दिएको छ ।
श्रमिकहरूको पारिश्रमिक वृद्धि नगरे कोशी प्रदेशमा चरणबद्ध रूपमा आन्दोलनमा उत्रिने समन्वय केन्द्रका अध्यक्ष किशोर धमलाले बताए ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय उपमहासचिवमा ओपेन्द्र कुमार रायले सम्पूर्ण क्षेत्रको श्रमिकहरूको पारिश्रमिक अविलम्ब वृद्धि गरिनुपर्ने बताए ।
जेटियुसीसी कोशी प्रदेशका अध्यक्ष धमलाले महँगीका कारण श्रमिकहरूको जीवन चलाउन कठिन बनेको भन्दै २५ हजार पु¥आउन रोजगारदाता र सरकारको ध्यानाकर्षण गराइएको बताए ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार तोकेको छ । सरकारले तोकेको परिश्रमिक अनुसार श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । श्रमिकले न्यूनतम पारिश्रमिक ९ हजार ३८५ मा महँगी भत्ता ५६१५ थप गरी १५ हजार रुपैयाँ पाउँछन् । यसका अतिरिक्त श्रम ऐनअनुसार सञ्चय कोष, उपदानसहितका सुविधा पनि उद्योग, प्रतिष्ठानले उपलब्ध गराउनुपर्ने हुन्छ । यही पारिश्रमिकसमेत कतिपय रोजगारदाताले लागू गरेका छैनन् ।