इटहरी । सफारी ( इ रिक्सा) का चालक इटहरीको मुख्य राजमार्ग तथा मुख्य चोकका चार कुनामा बसेर ‘जाँउ है जाँउ भन्दै’ यात्रुलाई बोलाइरहेका भेटिन्छन् । 

सार्वजनिक यातायातबाट झर्न पाएको हुन्न उनीहरू भन्छन् जाने हैन ? यसरी जाने होइन भन्ने सफारी चालक छिनमा एउटा स्टेसनमा हुन्छन् भने छिनमै अर्को कुनामा भेटिन्छन् ।  बढ्दो सफारीको चापका कारण एउटा कुनामा भेटिएको सिटी सफारी केही छिन् पछि अर्को कुनामा उसै गरी ‘जाँउ है जाँउ’ भन्दै हुन्छन् । 

जाउँ भन्दा केही यात्रु भेटी हाले यात्रुलाई गन्तव्यमा पु¥याउन हुइँकिन्छन् । यात्रु भेटिएनन् भने इटहरी चौक घुमिरहन्छन् । कहिले पूर्व लाइन कहिले पश्चिम त कहिले उत्तर दक्षिण । 

इटहरी चोकमा मात्रै दैनिक ३ सय देखि ४ सय सफारी यात्रुको प्रतीक्षामा घुम्ने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  यसरी चोक आसपासमा सफारीले फन्को लगाउँदा इटहरीको ट्राफिक लाइटमा जाम हुने गरेको  ट्राफिक प्रहरीले जनाएको छ । 

safari 2

सफारीका कारण अहिले इटहरीमा पार्कीङ्ग व्यवस्थापन चुनौती पूर्ण बन्दै गएको छ । सफारीका कारण अन्य सवारी साधनलाई पार्कींग नभएको र दुर्घटना समेत बढेको प्रहरीको तथ्याङ्क छ ।

इटहरीको सडक व्यवस्थापनमा चुनौती बनेका सफारी इटहरी उप महानगरपालिकामा दर्ता भएका मात्रै छैनन् । ग्राहकको पर्खाइ र कमाइको आशामा सुन्दर हरैचा, दुहबी, राम धुनी लगायतमा सञ्चालन अनुमति पाएका सफारी पनि इटहरीमा आउने गरेका छन् ।  

यातायात व्यवस्था कार्यालयमा दर्ता हुँदा सफारीहरूलाई कहाँ कहाँ सञ्चालन गर्ने भनेर रुटको व्यवस्था गरिएको छ । 

नियम अनुसार यसरी जुन पालिकामा दर्ता भएका हुन् र जुन रुटमा सञ्चालन अनुमति पाएका हुन् त्यही स्थानमा सफारी सञ्चालन गरिनु पर्छ । तर छिमेकी पालिकामा दर्ता भएका सिटी सफारी पनि इटहरी नगरभित्रै सञ्चालन हुँदा समस्या भइरहेको इटहरीमा दर्ता गरी सञ्चालन अनुमति पाएका सफारी चालकहरू बताउँछन्। 

यात्रु पाइँदैन त्यसमाथि अन्य पालिकामा सञ्चालन अनुमति पाएका सफारी चालक समेत इटहरी चोकमा ग्राहक कुरेर बस्दा समस्या भइरहेको छ । एक सफारी चालकले भने, “हामी पालिकामा कर तिर्ने अरू कर नतिरी कमाएर जाने । यसले हामीलाई समस्या भइरहेको छ । ”

अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक सङ्घ कोशी प्रदेशका अध्यक्ष कुमार तामांगले   सफारीका सबै सरोकारवालासँगको सहकार्यमा उप महानगरपालिकाले दर्ता प्रक्रिया र टाइम कार्डको व्यवस्था लागू गरेको बताए ।  उनले उप महानगरले टाइम कार्ड लागू गर्ने  निर्णय सकारात्मक भएको बताए । 

safari 4

सहरको सुन्दरतासँग जोडिएको कुरा हो । उनले भने, “अहिले सहरमा भिड भाड भएको छ । पार्कीङ्गको व्यवस्थापन नहुँदा समस्या भएको छ । टाइम कार्डको व्यवस्थाले पार्कींग व्यवस्थापन हुनेमा विश्वास छ । ” सहरमा देखिएको अव्यवस्थित पार्कींग र सफारी चालकहरूका बिचमा देखिएको अस्वास्थ्य प्रतिस्पर्धाका कारण सफारी चलाउनेहरूको पेसा माथि नै प्रश्न चिन्ह खडा भएको थियो । यो नियमले यो पेसा पनि व्यवस्थित हुन्छ भन्ने लागेको छ । तामाङले भने,“उप महानगरले लागू गरेको नियमले सबैलाई फाइदा हुने छ सबैले यसलाई पालना गरेर जानु पर्छ ।” उनले व्यवसायलाई मर्यादित बनाउन उप महानगरले सुरु गरेको कामलाई निरन्तरता दिनु पर्ने बताए। 

 नेपाल इ रिक्सा चालक सङ्घका अध्यक्ष ङणिन्द्र प्रसाद तिम्सिनाले इटहरी उप महानगरपालिकाले सुरु गरेको सफारी व्यवस्थापनको प्रक्रिया राम्रो सुरुवात भएको बताए । उनले सफारीका कारण भिड भाड भएको र व्यवस्थापनमा समस्या भएकाले सबै सरोकारवालाहरूसँगको सहमतिमा टाइम कार्ड लागू गरिएको बताए  । तिम्सिनाले सुन्दर हरैचा र इटहरीका सफारी चालकहरू का सङ्घ सँग बसेर टाइम कार्ड र दर्ता प्रक्रिया सुरु भएको बताए । यसले सफारी व्यवस्थापनमा मद्दत पुग्छ । उनले सहरमा देखिएको ट्राफिक व्यवस्थापनको चुनौती कम हुने बताए ।    यसरी गर्दैछ उप महानगरले सफारी व्यवस्थापन 

कोशी प्रदेशमा छोटो दुरीमा यात्रु बोक्ने र मालसामान ओसार्ने सजिला सवारीका साधन हुन् सफारी अर्थात् इ रिक्सा ।  सस्तो मूल्यमा सजिलो र छिटो तरिकाले यात्रा गर्न सफारीको अहिले विकल्प छैन । ब्याट्री जडान भएका सफारी वातावरण मैत्री  समेत भएका कारण सफारीमा सबैको आकर्षण छ । 

सफारीले स्थानीय स्तरमा रोजगारी समेत सृजना गरेका छन् । सस्तो मूल्यमा उपलब्ध हुने सफारी प्रदेशको मुख्य चोक इटहरीमा ७० सालको सेरोफेरोमा भित्रन थालेका हुन्  ।

विना मापदण्ड र अध्ययन विना भित्रिएका सफारीका कारण सडक व्यवस्थापनमा चुनौती थपिएपछि २०७३ असोजमा ट्राफिक प्रहरीले मुख्य सडकमा सफारी सञ्चालन गर्न नदिने निर्णय ग¥यो । 

निर्णय कार्यान्वयनमा ट्राफिक प्रहरीले काम थालेपछि इटहरीमा सफारी चालकहरूले आन्दोलन गरे । उनीहरूले मुख्य सडकमा पनि सञ्चालन गर्न पाउने माग राख्दै बन्द आव्हान गरेपछि प्रहरीले बल प्रयोग ग¥यो । 

अश्रुग्याँस र गोली चल्दा केही सफारी चालक घाइते समेत भए । रगत दिन्छौ सडक छाड्दैनौ भन्दै सफारी चालकहरूको आन्दोलन गरेपछि ट्राफिक प्रहरी आफ्नो निर्णयबाट पछि हट्यो । 

safari 7

यसपछि पनि इटहरीमा सफारी भित्रने क्रम रोकिएन । सडकमा क्षमता भन्दा बढी सफारी सञ्चालनमा आएपछि सफारी व्यवस्थापनका लागि इटहरी उप महानगरले पटक पटक प्रयास थाल्यो । 

इटहरी उप महानगर पालिकाले रुटको व्यवस्था गर्दै सफारीका लागि पार्कींग स्थल समेत तोक्यो । तर त्यो पनि कार्यान्वयनमा आउन सकेन । अनौपचारिक तथ्याङ्क अनुसार इटहरी उप महानगरपालिका क्षेत्र भित्र ३५ सयको हाराहारीमा सफारी सञ्चालनमा रहेका छन् । 

तिनीहरूको  व्यवस्थापनका लागि इटहरी उप महानगरले पुस २ गतेबाट टाइम कार्डको व्यवस्था सुरु गरेको छ । यस्तै इटहरी उप महानगरपालिकामा दर्ता प्रक्रियाका लागि समेत सूचना जारी गरेको छ । 

इटहरी उप उपमहानगरपालिका बसोबास गर्ने कति जनाले  सिटी सफारी सञ्चालन गर्छन् ? यसका आधिकारिक तथ्याङ्क नहुँदा समस्या भइरहेको छ ।  इटहरीमा बसोबास गर्ने कतिले सफारी सञ्चालन गर्छन् यसको आधिकारिक तथ्याङ्क राख्न नगरले दर्ता प्रक्रिया सुरु गरेको जनाएको छ । 

पुस १५ गते सम्म दर्ता गर्दा सफारी चालकले कुनै पनि शुल्क तिर्न पर्दैन । यसका लागि इटहरी उप महानगरमा स्थायी बसोबास गरेको प्रमाण आवश्यकता पर्दछ । इटहरीकै नागरिकता भए भइहाल्यो प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले भने, यदि इटहरीको नागरिकता नभए बसाई सराइको कागजात आवश्यक पर्दछ । 

इटहरीमा स्थायी बसोबास भएको प्रमाणका आधारमा सफरीको कागजात हेरेर सफारी दर्ता प्रक्रिया सुरु गरिएको मेहताले बताए । उनले सफारी दर्ता पछि उप महानगरले सफारी सञ्चालनका लागि रुट समेत दिने बताए । 

यसरी रुट पाएका सफारीले आफ्नो रुटमा सफारी चलाउन पाउने र यसका लागि उप महानगरले पार्कींग स्थले समेत उपलब्ध गराउने भएका छ । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेलले दुवै पालिकाका मेयर सफारी चालक सङ्घ संस्थाका प्रतिनिधि बसेर यो नियम लगाइएको बताए । उनले सफारी व्यवस्थापनका लागि यो नियम जरुरी भएको बताए । 

बिमा नभएका, कागज पत्र नभएका सफारी दुर्घटना हुँदा समस्या भइरहेको छ । सबै कुराको व्यवस्थापन जरुरी भएकाले टाइम कार्ड लागू गरिएको पौडेलले बताए ।    

बाहिरका लागि के व्यवस्था ?

 

safari 6

इटहरी उप महानगरमा अहिले कति सफारी आउँछन् भन्ने यकिन  तथ्याङ्क छैन । तर सुन्दर हरैचाबाट मात्रै दैनिक १सय ५० देखि २ सयको सङ्ख्यामा सुन्दरहरैँचाबाट मात्रै सफारीहरू कमाई गर्न इटहरी धाउने गरेका छन् । यति नै सङ्ख्यामा दुहबी र राम धुनीबाट समेत सफारी इटहरीमा आउने गरेका छन्  ।  

नयाँ नियम अनुसार अन्य पालिकामा दर्ता भएका सफारीहरू यात्रु र सामान बोकेर इटहरी आउन पाउँछन् । सिमानामा आएर ती शफरीहरूले इन्ट्री गर्नु पर्ने व्यवस्था छ । इन्ट्री हुँदा कहाँ पु¥याउने हो र कति समयमा फर्किने हो भनेर लेखिन्छ । इन्ट्री भएको अधिकतम एक घण्टा भित्र आफ्नै पालिकामा फर्कनु पर्ने र यसरी लेखेको समयमा नफर्किए जरिवाना गर्ने व्यवस्था गरिएको छ । 

एक पटक यात्रु अथवा माल सामान बोकेर आउन पाइन्छ । तर कहाँ पुग्ने हो र कति समयमा फर्कने हो भनेर टिपाउनु पर्ने व्यवस्था भएको सुन्दरहरैँचाका सफारी चालक विष्णु बन बताउँछन् । .. 

नियमको पालना हुन्छ ट्राफिक 

इटहरी उप महानगरले सुरु गरेको टाइम कार्ड र सफारी व्यवस्थापनको नियम लागू हुने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । 

उनले स्थानीय तहसँगको समन्वयमा लागू भएको नियम कडाइका साथ लागू गरिने बताए । उनले कतिपय सफारी चालकसँग लाइसेन्स नभएकाले समेत समस्या भएको छ । यस्तो सफारीले बिमा नगरेका र कागजात नभएका कारण समेत समस्या भइरहेको छ । सबैसँगको समन्वय र सहकार्यमा सफारी व्यवस्थापनको काम हुने बताए । सफारीले दुर्घटना गराएर जन धनमा समेत क्षति  भएको छ । यसलाई रोक्नका लागि समेत यो नियम प्रभावकारी हुने पौडेलले बताए ।