तेह्रथुम । कोसी प्रदेशको एक मात्र पर्यटकीय गन्तव्य बनेको तिन जुरे मिल्के र जलजले क्षेत्र अहिले सबैको रोजाइको क्षेत्र हो । त्यो क्षेत्रमा पुग्ने जो कोही तेह्रथुमको वसन्तपुरमा रहेको  चोलुङ पार्कमा पुग्ने गरेका छन् । कोसी प्रदेश सरकारले समेत चोलुङ पार्क प्रवर्द्धनको लागि अभियान नै चलाएको छ । कोसी प्रदेशमा रहेर प्रादेशिक रिपोर्टिङ गर्ने पत्रकारहरू सहितको टोलीसँग चोलुङ पार्कमा तेह्रथुम जिल्लाको तिन जुरे मिल्के र जलजले क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसी प्रदेशले अन्तरक्रिया गरेको हो ।  अन्तरक्रियाको क्रममा कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले कोसी प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनको लागि अभियान चलाइएको बताए ।  प्रशस्त सम्भावना बोकेको तिन जुरे मिल्के र जलजले क्षेत्र मध्येको एक  चोलुङ पार्क भएको उनले जानकारी दिए । 
cholung_group photo
कार्यक्रममा बोल्दै लालीगुराँस नगरपालिका वडा नम्बर ७ अध्यक्ष तथा प्रवक्ता देवेन्द्र खड्काले सबैको अपनत्वले नै  चोलुङ पार्कको महत्त्व  उच्च रहेको बताए ।   उनले चोलुङ पार्क राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै भाइरल रहे पनि यसको ऐतिहासिक र सांस्कृतिक पक्षलाई उजागर गर्न नसकिएको स्पष्ट पारे । २०७५ सालमा अर्जुनबाबु माबोहाङको परिकल्पनामा अरुण पूर्वका लिम्बु समुदायको बसोबास रहेकोले लिम्बु समुदायको इतिहास, संस्कार संस्कृतिसँग यो पार्क जोडिएको उनले सुनाए । मान्छे जन्मिएपछि मृत्यु पर्यन्त आ आफ्नो संस्कारमा गरिने कामहरूको बारेमा यो पार्कले सबैलाई छुने दाबी उनको छ।  सरकारी लगानी कम भए पनि पछिल्लो समय नमुना सहर कार्यान्वयन कार्यालय, प्रदेश  र सङ्घीय सरकारले पनि सहयोग गर्न थालेको  नगरपालिकाको भनाई छ । बिशेषगरि अहिलेसम्म यहाँ सबै निजी क्षेत्र र नगरपालिकाको लगानीमा यो अवस्थासम्म आएको पार्क हो ।  यस भित्र सांस्कृतिक पक्षलाई महत्वको साथ राखिएको छ, यही भित्र सङ्ग्रहालय समेत रहेको छ । 
mantri_samser
महत्त्वपूर्ण चोलुङ पार्क
प्रकृति पूजकका रूपमा चिनिएका पूर्वी पहाडी भेगमा बसोबास गर्ने लिम्बु समुदायको ढुङ्गासँग छुट्टै सम्बन्ध रहिआएको छ । यो जातिमा जन्मदेखि मृत्युपर्यन्त ढुङ्गाको भूमिका र प्रयोग रहने गरेको छ । जन्म, विवाह र मृत्युजस्ता सामाजिक कार्यमा ढुङ्गाको प्रयोग अनिवार्य छ । त्यति मात्र नभई कसैसँग झैँ–झगडा भएर मिल्नुपर्दा, मितेरी साइनो गाँस्दा, सम्बन्ध जोड्दा वा विच्छेद गर्नुपर्दा पनि निशानी एवं प्रतीकका रूपमा ढुङ्गा गाड्ने परम्परा छ ।
लिम्बु समुदायले जन्मेदेखि गर्ने हरेक काममा ढुङ्गालाई साक्षी राख्ने गर्छन् । लिम्बु मुन्धुममा यसरी साक्षी राखिने ढुङ्गालाई ‘मेन्दुरी प्यासाङा’ भनिन्छ। लिम्बुको आदिमकादेखि चलिआएको यो सभ्यतालाई पुनः जागृत गराउन तेह्रथुमको लालीगुराँस नगरपालिकाले ढुङ्गै ढुङ्गाको पार्क अथवा चोलुङ (सिद्धि प्राप्ति) पार्क निर्माण गरेको छ । सांस्कृतिक पर्यटन प्रवर्द्धनसमेत उद्देश्य बोकेको यो पार्क पर्यटकको विशेष गन्तव्य बन्न थालेको छ ।
cholung park 5
लिम्बु समुदायको मौलिकतासँग जोडेर ढुङ्गा मात्र प्रयोग गरेर बनाइएको यो पार्कमा घुम्न तथा हेर्नका लागि दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। इटहरीबाट पुगेका बलराम पन्तले एउटा महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा आफूले महसुस गरेको बताए । 
यस पार्कमा विभिन्न ठाउँबाट पर्यटक आउने र अध्ययन तथा भ्रमणसमेत गर्ने गरेको लालीगुराँसका नगर प्रमुख अर्जुन माबोहाङले बताए ।  लिम्बु जातिको पुरानो सभ्यता र संस्कारलाई पार्कको माध्यमद्वारा प्रतिविम्बित गराई विश्वसामु चिनाउने लक्ष्य राखिएको उनको भनाई छ । 
लिम्बु भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुङ्गा हुन्छ । यस अर्थमा यो चोत्लुङ पार्कको विशेषता भनेकै ढुङ्गाको सभ्यता हो । महिला कोभन्दा तौल बढी भए मात्र पुरुषले विवाह गर्न पाउने लिम्बु सभ्यता थियो भने पुरुषभन्दा बढी तौल भए महिलाले आजीवन कन्या बस्ने प्रचलन थियो  
IMG_1669
आदिमकादेखि आफ्नै भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज रहेको लिम्बु जातिमा ढुङ्गाको छुट्टै महत्त्व रहेको र यसको पुरातात्त्विक सभ्यताको भग्नावशेष जगेर्नाको अभिप्रायले यो पार्क  बनेकोमा लिम्बु समुदाय उत्साहित छन् । 

यो पार्कको विभिन्न भागमा अग्ला–अग्ला ढुङ्गाका स्तम्भ गाडिएका छन् । यसरी ढुङ्गा गाडिने परम्परा लिम्बु समुदायमा प्राचीन कालदेखि छ । लिम्बुहरूले जन्मेदेखि मृत्युसम्म विभिन्न सामाजिक संस्कारमा लुङ अर्थात् ढुङ्गा गाड्छन् । आदिम कालमा लिम्बु जातिको युमा (इष्टदेवी) ले प्रयोग गरेको तान बुन्ने ठाउँ र धागो अड्याउने खम्बा यहाँ राखिनु पार्कको मुख्य विशेषता हो । यहाँ गाडिएका ढुङ्गाको उचाइ करिब १६ फिट छ । नजिकै ढुङ्गाको तराजु पनि राखिएको छ । करिब ५० रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कको मौलिक तथा ऐतिहासिक घर, युमा सङ्ग्रहालय, युमा पोखरी, देवारी घर, श्रीजंगा पुस्तकालयलगायतका भौतिक संरचनाहरू निर्माण भएका छन् ।
cholung_musiamdhami_cholungcholung_leftIMG_1654dhamiisachib_cholungcholung salakcholung park 3cholung park (2)cholung_ghodacholung park (1)cholung  park 4