विराटनगर । पालिकाहरूमा प्रश्न बैङ्क बनाउने तयारी सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पालिकाहरूमा बन्ने प्रश्न पत्रलाई एकद्वारबाट लागु गर्न कोलागि प्रश्न पत्र निर्माण तथा त्यसको स्तरकृत बनाई प्रश्न बैँक पालिकामा बनाउने अभियान सुरु गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले गाउँपालिका महासङ्घ र नेपाल नगरपालिका सङ्घसँगको सहकार्यमा प्रश्न बैङ्क बनाई त्यसलाई कार्यान्वयनमा लग्न लागेको हो । त्यसकालागि बोर्डले कोशी प्रदेश स्तरीय ३ दिने स्तरीकृत परीक्षा कोलागि प्रश्न निर्माण सीप विकास सम्बन्ध इटहरीमा भएको कोशी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अब बन्ने प्रश्न पत्रहरू विद्यार्थीको ज्ञान पक्ष, बोध पक्ष, पढेका कुराको प्रयोग, विद्यार्थीको उच्च क्षमता र सिकाई पक्षलाई ख्याल गरेर मूल्याङ्कन हुनु पर्ने बताए । एक पालिका र अर्को पालिकाको बिचमा बनाइने प्रश्न पत्रमा स्ट्याण्डर्ड कायम गर्नकोलागि पनि यो प्रशिक्षक प्रशिक्षण महत्त्वपूर्ण हुने बताए ।
राष्ट्रिय परीक्षा बोर्डले यो पटक ३५ जिल्लाका १०५ जना शिक्षकलाई स्तरकृत प्रश्न पत्र निर्माण सम्बन्धी तीन दिने प्रशिक्षण दिएको हो । अङ्ग्रेजी, विज्ञान र गणित विषयको प्रश्न पत्र निर्माण सम्बन्धी तालिम लिएका शिक्षकहरूले फर्किएर पालिकाका अन्य विद्यालयलाई प्रश्न पत्र निर्माण सम्बन्धी तालिम दिइनु पर्ने बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माका अनुसार, ७५३ स्थानीय तहहरू मध्ये यो वर्ष २५० वटा पालिकामा स्तरकृत प्रश्न पत्र निर्माण सम्बन्धी प्रशिक्षण पुग्ने बताए ।
तालिममा सहभागी हुन आएका शिक्षकहरूले प्रशिक्षण पछि फर्किएर पालिकामा कार्यशाला सञ्चालन गर्नु पर्ने शर्माको भनाई छ। ‘एउटा पालिकाबाट अङ्ग्रेजी, विज्ञान र गणितका शिक्षकलाई बोलाइएको छ, उहाँहरूले तीन दिनको प्रशिक्षण लिएर फर्किएपछि फेरी पालिकामा प्रशिक्षण दिनु पर्ने हुन्छ, उनले भने, त्यो काम गर्न शिक्षकलाई सजिलो होस् भनेर एक दिने सम्बन्धित पालिकाका शिक्षा अधिकृतहरू कोलागि समेत एक दिने अभिमुखीकरण कार्यशाला पनि दिइएको छ ।’
विद्यार्थीको
सिकाई
उपलब्धि भयो की भएन भनेर देखाउन प्रश्न पत्रमा नै देखिनु पर्ने, सिकाई उपलब्धि र प्रश्न पत्रको बिचमा तालमेल हुनु पर्ने शर्माको भनाई छ । प्रश्न पत्र र सिकाई उपलब्धि मापन गर्ने कुराको तालमेल मिलेको देखिँदैन ।
प्रशिक्षणको क्रममा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालले यो प्रशिक्षण पछि अब माध्यमिक तहको प्रश्न पत्र निर्माणमा पालिकाहरूको बिचमा स्ट्यार्डड कायम हुनेमा आफू ढुक्क भएको बताए । पालिकाहरूलाई जिम्मेवार र जबाफदेही बनाउने गरी राष्ट्रिय परीक्षा बोर्डले काम गरिरहेको अवस्थामा प्रश्न पत्र निर्माण र परीक्षा प्रणालीलाई सुधार गर्ने बारेमा यो प्रशिक्षण अर्को महत्त्वपूर्ण काम भएको बताए । ‘यो कार्यशालाले प्रश्न पत्र निर्माणदेखि उत्तर पुस्तिका परीक्षणसम्म सुधार ल्याउँछ, उनले भने, त्यसबाट शिक्षण सिकाइमा सुधार हुनसक्छ भन्ने हामीले ठानेका छौँ ।’
सहभागीले प्रशिक्षण निक्कै उपलब्धिपूर्ण भएको बताएका छन् । ३५ पालिकाका अङ्ग्रेजी, विज्ञान र गणित विषय
शिक्षकहरुले यसको आधारमा पालिकामा कार्यशालाको आयोजना गरिने बताए । विद्यालय शिक्षा स्थानीय तह मातहतमा रहने भएकोले स्तरकृत प्रश्न पत्र निर्माण गरी परीक्षा प्रणालीलाई सुधार गरेर जाने बारेमा धेरै ज्ञान प्राप्त भएको गोकुण्डेश्वर मावि धनकुटाका शिक्षक भक्त खड्काले बताए । हिजोका दिनमा प्रश्न पत्रहरू पुराना शैलीका थिए भनेँ अब बन्ने प्रश्न पत्रहरू विद्यार्थीको समग्रतालाई समेटेर निर्माण गर्नु पर्ने अवस्था रहेको उनको भनाई छ।