सुनसरी । चाडपर्वले बजारमा चहलपहल बढाई अर्थतन्त्र चलायमान बनाउँछ । नजिकिँदै गरेको हरितालिका तीजले पनि बजारलाई केही चलायमान बनाएको छ । अहिले तीजका लागि सामान किन्नेहरुको भीड नै बजारमा देखिन्छ । तीजमा बढेको व्यापारलाई हेरेर यस वर्ष दसैंमा पनि राम्रो व्यापार हुने अपेक्षा व्यापारीको छ ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष तीजमा सामान खरिद गर्नेहरुको उपस्थिति बढेको छ । यसले बजार चलायमान बनाउन सकारात्मक सन्देश दिएको व्यापारीहरुको भनाइ छ ।

तीजको व्यापारमा देखिएको सकारात्मक संकेतले व्यापारी उत्साहित छन् । अहिले कपडा, चुरालगायत शृङ्गारका सामानको बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याई छ । यसले नजिकिँदै गरेका दसैं र तिहारजस्ता पर्वमा पनि व्यापार बढ्ने व्यापारीहरुको अपेक्षा छ ।