संखुवासभा । खाँदवारी नगरपालिका ९ तुम्लिङटारमा रहेको मनराम मोटर्स प्रालिले यो बर्षपनि हाई सेल्स अचिपमेन्ट अवार्ड पाएको छ। चितवनमा महिन्द्रा एन्ड महिन्द्राका अधिकारिक विक्रेता अग्नी ग्रुपले आयोजना गरेको एक कार्यक्रममा मनराम मोटर्सलाई अवार्ड हस्तान्तरण गरिएको हो। 
अग्नी ग्रुपका तर्फबाट अध्यक्ष तथा द सार्कट्यांक नेपालका जर्ज क्याबिनेट श्रेष्ठ र महेन्दा महेन्द्राका कन्ट्री डाइरेक्टर चैतन्यले मनरामका मुख्य प्रबन्धक विमल गौतमलाई अवार्ड हस्तान्तरण गरे। 
गौतमका अनुसार नेपाल भरी रहेका सबै अधिकारिक विक्रेता मध्ये टार्गेट भन्दा बढी बिक्री गरेकाले अर्वाडवाट सम्मानित भएको हो। 
२०७४ सालबाट पहाडी जिल्ला संखुवासभामा सेवा सुरु गरेको माराम मोटर्सले गत बर्ष पनि यही अवाड प्राप्त गरेको थियो।