इटहरी । जेन–जीको प्रदर्शन उग्र बनेपछि इटहरीमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले भेला,जुलुस, प्रदर्शन गर्न नपाउने गरी अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरेको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेश अनुसार इटहरीको उत्तर तर्फ हलगडा नेपाली सेनाको ब्यारेक देखी पारुहागं चौक भित्र, पूर्व तर्फ मिलन चौक देखी जुट विकास भित्र, दक्षिण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चौक हुँदै बसपार्क क्षेत्र भित्र र पश्चिम तर्फ कलङ्की मोड देखी जनता बस्ती भित्र कुनै पनि आवतजावत, भेला, जुलुस,प्रदर्शन,सभा, बैठक घेराउ गर्न नपाउने अनिश्चित कालिन कफुर्य आदेशमा उल्लेख छ । 
प्रदर्शनकारीले इटहरी उपमहानगरपालिका भित्र प्रवेश गरी आगजनी गरेका छन् । उनीहरुले मेयर हेमकर्ण पौडेलको कार्यकक्षमा आगजनी गरेका छन् । 
प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाई फायर गर्दै दर्जनौँ राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरूले उपमहानगरपालिकाको परिसरमा प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । तर, प्रदर्शनकारीहरूले बहुउद्देश्यीय सहकारीको भवनमा ढुंगामुढा गर्दै तोडफोड गरेका छन् । स्थिति तनावपूर्ण बनेको छ । 

karfu
itahari 4

itahari 3