विराटनगर । शनिवार साँझबाट आएको अविरल वर्षापछि पहिरो खस्दा इलाममा मृत्यु भएका ३७ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पहिरोमा परेर १७ जना पुरुष र २० जना महिलाको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा सबैभन्दा बढी देउमाई नगरपालिका र माई जोगमाई गाउँपालिकाका रहेका छन् । त्यहाँ ८ ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै फाकफोकथुंग गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । शनिवार साँझबाट परेको अविरल वर्षका कारण एक जना बेपत्ता भएका छन् । ८ जना घाइते भएका छन् । 
Ilam Mitak
Mritak 2