सुनसरी । इटहरीमा कृषि उद्योग मार्टको पहिलो शाखा सञ्चालनमा आएको छ ।
स्वदेशी सोच, स्वदेशी पुँजी समुन्नत नेपाल निर्माण गर्ने उद्देश्यका साथ इटहरीमा शुक्रवार शाखाको उद्घाटन गरिएको हो ।
नेपाली कृषि उद्योगबाट उत्पादित नवीनतम कृषि प्रविधि, औजार, उपकरण, मल, बीउ बिजन, जैविक विषादी तथा कृषि सामग्रीको आयातलाई प्रतिस्थापन गरी स्वदेशी उद्योगबाट उत्पादित कृषि सामग्री बजारमा पहुँच पुर्‍याउने उद्देश्यका साथ मार्टको इटहरी शाखा सञ्चालनमा ल्याइएको बताइएको छ ।
मार्टको सञ्चालनबाट कोसी प्रदेश भरिका किसान, स्थानीय कृषि उद्यमीहरूलाई सिधा उद्योगबाट स्थानीय बिक्रेता मार्फत हरेक किसानको पहुचंमा पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको अध्यक्ष खोजराज कटुवालले जानकारी दिए ।