विराटनगर । मोरङको रंगेलीमा रहेको  संसारी माई मन्दिरमा चोरी भएको छ ।  मन्दिरबाट देवीदेवताका मूर्ति, गरगहना तथा दान पेटिकामा रहेको नगद चोरी भएको मोरङ प्रहरले जनाएको  छ । मन्दिरको चेन गेट फोडेर आइतबार राती चोरी भएका हो ।
मोरङ प्रहरीका प्रवक्ता कोपिला चुँडालले मन्दिरबाट संसारी माताका २ थान साना मूर्ति, ठुलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दान पेटिकाको सिसा फोडेर चोरी भएको  बताइन् । 
प्रहरी टोलीले मन्दिर परिसरको मुचुल्का उठाउने, क्षतिग्रस्त ताल्चा तथा दान पेटिकाको अवस्था निरीक्षण गर्ने र सम्भावित चोरी भएको समय एवं तरिका पहिचान गर्ने काम गरेको छ ।चोरी भएको नगदको यकिन विवरण भने दान पेटिकाको नियमित हिसाबकिताब र अभिलेखको आधारमा मात्र खुल्ने प्रहरीको बताएको छ ।
प्रहरीले चोरीमा संलग्नको पहिचानका लागि स्थानीय बासिन्दासँग सोधपुछ गरिरहेको जनाएको छ ।