सुनसरी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न झापा ५ आएका बालेन्द्र शाहको उम्मेदवारी दर्ता निकै रोचक बनेको छ । काठमाडौँ महानगरपालिकाका मेयरबाट राजीनामा दिएर निर्वाचनका लड्न झापा आएका हुन । 

balen 2

झापा ५ नेकपा एमालेका अध्यक्ष केपी ओलीको क्षेत्र हो ।  ओलीसँग चुनाव लड्न झापा आएका शाहको उम्मेदवारी मनोनयनले आज दिनभर दमकको माहौल तातेको थियो ।  

balen 1

 मनोनयनको र्‍यालीमा स्थानीयको उत्साहजनक सहभागिता थियो । उम्मेदवारी दर्ता गर्न बाजागाजा सहित गएका शाहको र्‍यालीमा सर्वसाधारणको ठुलो भिड लागेको थियो । उनलाई हेर्नका लागि पनि र्‍यालीमा रास्वपाका समर्थकसँगै सर्वसाधारण पुगेका थिए । 

balen 5
 

निकै तामझामका साथ दमक नगरपालिका ८ स्थित निर्वाचन अधिकृतकोमा कार्यालयमा  पुगेर शाहले औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन् ।  

Balen 7

उम्मेदवारी दर्ताका क्रममा शाहका भेषराज भट्टराई समर्थक तथा भूमिनन्द बराल प्रस्तावक रहेका छन्। 

balen 4