विराटनगर । सुनसरीमा एमाले र कांग्रेसले उम्मेद्वार टुंगो लगाउने बियषयमा रमिता हूँदा दिनभरी नेता र कार्यकर्ता अन्यौलमा परेका छन् । फागुन २१ गते हुने प्रतिनीधि सभा सदस्यको निर्वाचनलाई लिएर ठूला दलहरुले उम्मेद्वार छनौट र टिकट वितरणमा अन्तिम समयम सम्म अन्यौलता कायम गरेका छन् । टिकट वितरणका विषयमा एमालेमा सवै भन्दा बढि समस्या भएको छ । एमाले केन्द्रिय सचिवालय वैठकले शनिबार राती सुनसरीको १ र ३ नम्बर निर्वाचन क्षेत्रमा उम्मृेद्वारको टुंगो लगायो । जस अनुसार सुनसरी क्षेत्र नम्बर १ बाट सूर्य पान्धाक र सुनसरी ३ बाट भगवती चौधरीको नाम फाइनल भएको नाम सार्वजनिक भयो ।
लामो समयदेखि एमालेको राजनीतिमा रहेका तर भूगोलमा नचिनीएका सूर्य पान्धाक उम्मेद्वार बनेर आएपछि एमालेका नेता तथा कार्यकर्ताहरु अचम्ममा परे । टिकटका लागि आँकाक्षी रहेका जय कुमार राई, मञ्जस भण्डारी टिका मांलेन लाई उम्मेद्वार नबनाई पान्धकलाई टिकट दिने निर्णय भएपछि आइतबार धरानमा एमालेको वैठक समेत बस्यो । वैठकले पान्धकलाई उम्मेद्वार बनाउने पार्टी केन्द्रको निर्णय भएको भन्दै जिताउनका लागि पाटी परिचालनको काम समेत भयो । त्यही दिन बेलुका पान्धाकका ठाँउमा अनेरास्वयु सुनसरीका पूर्व अध्यक्ष टिकाको नाममा टिकट आएपछि एमाले जनमा फेरी अन्यौलता बढ्यो ।
एमालेले सुनसरी २ र ४ को नाम भने सोमाबार सम्म फाइनल गरेको थिएन । दिउँसो सुनसरी ४ बाट केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज जगदिश कुसियैतलाई उम्मेद्वार बनाउने निर्णय गरेको सूचना आयो । कुसिर्यत सो क्षेत्रबाट उम्मेदवारका आँकाक्षी थिए । ७९को निर्वाचनमा झिनो मतले पराजित भएको कुसियैतको क्षेत्र नम्बर ४ मा टिकट पक्का भएको निर्णय सँगै सुनसरी २ बाट रेवतीरमण भण्डारीलाई उमेद्वार बनाउने निर्णय भएको समाचार आयो । भण्डारी कोशी प्रदेश सभा सदस्य समेत भएकाले उनी राजीनामा दिने तयारीमा लागे ।
मांगलबार बिहान सुनसरी ४ का लागि एमालेले अचम्मको निर्णय गर्यो । कांग्रेसबाट एमाले प्रवेश गर्दै अब्बुल अन्सारीले एमालेका तर्फबाट टिकट लिएको फोटो सार्वजनिक गरे । पार्टी अध्यक्ष ओली र बिष्णु रिमालसँगको फोटो सार्वजनिक गर्दै अब्बुलले उम्मेद्वारी पक्का भएको सार्वजनिक गरे । उनी नेपाली काँगेसका तर्फबाट सो क्षेत्रबाट उम्मेद्वार बन्न चाहान्थे । कांग्रेसले टिकट नदिने पक्का भएपछि उनी एमाले प्रवेश गरेका थिए । अब्बुलको टिकट कन्फर्म भएपछि एमाले सुनसरीमा खैला बैला मच्चियो । यो सँगै सुनसरी २ बाट जगदिस कुसियैतलाई उम्मेद्वार बनाउने हल्ला चल्यो । नेताहरुले सो हल्लामा सत्यता भएको पुष्टी गरे ।
तर एमाले भित्रको विद्रोह भने कायमै थियो । एमाले सुनसरीका नेताहरु मंगलबार राती पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न दमक गए । ओली झापा क्षेत्र नम्बर ५ मा मनोनयन दर्ता गराउन झापाको दमक आएका थिए । झापामा पुगेृर एमालेका नेता तथा कार्यकर्ताहरुले ओली समक्ष अब्बुललाई उम्मेद्वार बनाउने निर्णयकोे विरोध गरे । ओलीले राती नै अब्बुलको टिकट खोसिने संकेत गरे ।
मनोनयन दर्ता गराउने दिन मंगलबार अर्थात माघ ६ गतेको बिहान फेरी सुनरी क्षेत्र नम्बर ४ बाट जगदिश कुसियैत र २ बाट रेवतीरमण भण्डारीलाई नै उम्मेदेवार बनाउने निर्णय भएको सूचना आयो । सुचना अनुसार भण्डारी नोमिनेशन गर्नका लागि ठिक्क परेर बसे । उनलाई तारन्तार फोन आइरहेको थियो । उनी फोन उठाँउदै भन्ने गर्थे अहिले सम्म तै होस भनिएको छ । टिकट नआइ त के भन्नु । यो दिउँसो ११ बजे सम्मको खबर थियो । अन्य निर्वाचन क्षेत्रमा मनोनयन दर्ता शुरु भइसकेको बेला सुनसरी २मा एमालेले अर्को निर्णय गरेको खबर आयो । त्यो खबर थिया रेवतीको ठाँउमा सुजन लामको उम्मेद्वारी । प्रदेश सभामा राजीनामा गरेर सुनसरी २ बाट प्रतिनीधि सभा सदस्यका लागि उम्मेदवारी दिन ठिक्क परेका रेवतीको ठाँउमा सुजन लामा उम्मेद्वार बने । यस्तै टिकट गोजीमा बोकेर मनोनयन दर्ता गर्न काठमाण्डौबाट सुनसरी आएका अब्बुलको टिकट खोसियो । उनले जगदिश कुसियैतलाई टिकट हस्तान्तरण गरे ।
आन्यौलता सँगै एमालेका तर्फबाट सुनसरी १ मा टिका मांलेन, २ मा सुजन लामा, ३ मा भगवती चौधरी र ४ मा जगदिश कुसियैतले मनोनयन दर्ता गराएका छन् ।
सुनसरी काँग्रेसमा दाजु भाइको लफडा
टिकट वितरणका बिषयमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ मा एमालेको भन्दा पनि रमिता भएको छ । कांग्रेस सभापपित गगन कुमार थापाले हस्ताक्षर गरेर दुई दाजु भाई विजय कुमार गच्छदार र वेद गच्छदारलाई क्षेत्र पठाएपछि कार्यकर्ताहरु दिनभरी अन्यौलमा परे । वेद विजय गच्छदारका काकाका छोरा हुन् । उनीहरु दुवै सुनसरी ३ बाट उम्मेद्वार बन्न चाहान्थे । २०४८ साल देखि एकलौटी उम्मेद्वार बन्दै आएका विजय यस पटक पनि उम्मेद्वार बन्न चाहान्थे । सोही चाहाना अनुसार उनी क्षेत्रबाट एकल सिफारीस गराउन लागेका थिए । तर दुहवी नगरपालिकाका मेयर समेत रहेका वेदले पनि पलिकाबाट संघमा फड्को मार्ने चाहाना राखेका थिए । विजयको चाहानामा बेद बाधा बनेपछि उनले केन्द्रमा शक्ती लगाए । आफ्नो शक्ती देखाँउदै सोमबार राती टिकट हाता पारे । वेदले पनि त्यतीमैै हार मानेनन् । मध्य रातमा उनले पनि आफ्नो नाममा पनि पार्टी सभापतिलाई हस्ताक्षर गराएरै छाडे । दुवै जनाले एकै निर्वाचन क्षेत्रका लागि टिकट लिएर आएपछि दिनभरी सुनसरी ३ का नेता तथा कार्यकर्ताहरु अन्यौलमा परेको क्षेत्रिय सचिव विमल नेपाल बताँउछन् । दिनभरी दाजु भाइको छलफल पछि विजय गच्छदारले मनोनयन दर्ता गराएका छन्











