सुनसरी । विद्युतीय दुईपाङ्ग्रे सवारी साधनमा सक्रिय एथर इनर्जीको नयाँ स्कुटर एथर रिज्टा एस इटहरीमा सार्वजनिक गरिएको छ ।
नेपालका लागि आधिकारिक वितरक बैद्य इनर्जी प्रालीले शुक्रबार एक कार्यक्रमका बीच उक्त मोडल सार्वजनिक गरेको हो ।
कम्पनीले यो स्कुटर पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुबेदी र सचिव बिनय बाह्रकोटीले सार्वजनिक गरे ।
कम्पनीका अनुसार यो स्कुटरलाई नेपाली बजारमा औपचारिक रूपमा ल्याउँदै विद्युतीय सवारीको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ ।
यसअघि सार्वजनिक भएको रिज्टा जेडको सकारात्मक प्रतिक्रियापछि यसलाई थप विस्तार गरिएको बताइएको छ ।
सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका बितरक सीईओ सूर्यांश वैद्यले यो स्कुटरलाईलाई नेपाली परिवार र दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको बताए ।
“यो स्कुटरले प्रयोगकर्तालाई सहज, भरपर्दो र व्यावहारिक अनुभव दिन्छ” उनले भने ।
यो नयाँ स्कुटरले अधिकतम १२३ किमी रेन्ज प्रदान गर्ने, १० मिनेटमै १५ किलोमिटर सम्मको दूरी थप्न सकिनेगरी फास्ट चार्जिङ सपोर्ट गर्ने, ३४ लिटरको विशाल अन्डरसिट स्टोरेज रहेको, ८० किलोमिटर प्रतिघण्टा अधिकतम गति प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले पहिलो १५० ग्राहकका लागि २० हजार रुपैयाँसम्मको प्रारम्भिक लाभ दिने जनाएको छ ।
यसको प्रभावकारी मूल्य २ लाख ७४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

















