विराटनगर । उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
 बिहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बेल्टार बजारस्थित लक्ष्मीनारायण खड्काका घरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी निरञ्जन थापाले बताए । 
आगालागिबाट लक्ष्मीनारायणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको छ । आगलागी नियन्त्रण गर्नका लागि छिमेकी त्रियुगा र चौदण्डी गढी नगरपालिकाका दमकल र प्रहरी तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।