विराटनगर । नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि तथा संविधान सभा सदस्य अञ्जना ताम्ली सहित धनकुटाका १९ जना नेता तथा कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् ।
उनीहरुले सामुहिक रुपमा काँग्रेस पार्टी सभापति गगनकुमार थापालाई पत्र लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेमा महाधिवेसन प्रतिनिधि तथा संविधान सभा सदस्य ताम्ली सहित कोशी प्रदेश सदस्य मिना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई रहेका छन् ।
उनीहरुले पार्टीको काम कारवाही प्रति असन्तुष्टी जनाँउदै पार्टी छाडेको घोषणा गरेका हुन् । उनीरुले पार्टी भित्र वैचारीक मतभेद र काम गर्ने वाताबरण नभएको बताएका छन् ।











