सुनसरी । उद्योग वाणिज्य संघ इटहरीको मतगणना सुरु भएको छ । शनिबार सम्पन्न निर्वाचनको मतगणना सुरु गरिएको निर्वाचन समिति संयोजक टंक दुलालले जानकारी दिए ।
उद्योग वाणिज्य संघको हलमा मतगणनाको व्यवस्था मिलाइएको छ । पहिले वाणिज्य तर्फको सदस्यबाट मतगणना सुरु गरिएको उनले जानकारी दिए । पाँच वटा बुथबाट ५० मत गणना पछि मत सार्वजनिक गर्ने तयारी भएको उनले जानकारी दिए ।
शनिबार सम्पन्न निर्वाचनमा कुल एक हजार ५४३ मत खसेको थियो। कुल दुई हजार ३६९ मतदाता रहेको निर्वाचनमा करिब ६५ प्रतिशत मतदान भएको थियो ।
अध्यक्षसहित १९ जनाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको हो । अध्यक्षका लागि नवराज काफ्ले र गायत्री कटवाल भण्डारी प्रतिस्पर्धामा छन्। दुवै पक्षले समुह नै बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।










