सुनसरी । उद्योग वाणिज्य संघ इटहरीको जारी मतगणनामा वाणिज्य तर्फ नवराज काफ्ले समुहको प्यानलै निर्वाचित भएका छन् । वाणिज्य तर्फको मतगणना सम्पन्न भएको छ ।
जसअनुसार अध्यक्षका उम्मेद्वार काफ्ले समुहका सबै सदस्यहरु निर्वाचित भएका हुन । तर निर्वाचन समितिले घोषणा भने गरेको छैन । सबै एकै पटक घोषणा गर्ने भएकाले वाणिज्य तर्फको मात्रै घोषणा नगरिएको हो ।
प्राप्त मतपरिणाम अनुसार काफ्ले समुहका जीवनकुमार न्यौपानेले सर्वाधिक ९८९ मत प्राप्त गरेका छन्।
यसैगरी सञ्जीव खड्काले ९८४, बलराम बस्नेतले ९६०, सिनेट रिजालले ९५९, सञ्जय शाहले ९५७, बलबहादुर न्यौपानेले ९४३, सन्नी चौधरीले ९१५, दिनेशप्रसाद धमलाले ९०८ र महेश थापाले ८८३ मत प्राप्त गरेका छन्। वाणिज्य सदस्यतर्फ नौ जना निर्वाचित हुने व्यवस्था छ।
यस्तै, वाणिज्य सदस्यतर्फ दुर्गाप्रसाद थापाले ५५८, निर्मला श्रेष्ठले ५१३, उषा सेढाई (सत्याल)ले ४८४ र हर्कबहादुर विकले ४२३ मत प्राप्त गरेका छन्। उनीहरू अर्का अध्यक्षका उम्मेदवार गायत्री कटवाल भण्डारी प्यानलका हुन्।
निर्वाचन समितिका अनुसार हालसम्म ११७ बदर मत गणना भएको छ।
अध्यक्षसहित अन्य पदहरूको मतगणना जारी रहेको र अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
कुल दुई हजार ३६९ मतदाता रहेको उवासंघको शनिबार सम्पन्न निर्वाचनमा कुल एक हजार ५४३ मत खसेको थियो।











