विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनापछि अहिले जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको छ । दुई समुदायका बिचमा भएको भिडन्त पछि अहिले सर्वपक्षीय छलफल सुरु भएको हो । छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवाहरू सहभागी छन् ।
देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा आइतबार राति दुई समूहबिच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको थियो । ९ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते छन् । यस्तै घटनाका विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको गृह मन्त्रालयले जनाएको छ । समितिलाई एक साता भित्रमा प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालयले जनाएको छ ।










