सनुसरी । सुनसरी देवानगञ्जमा भएको हिंसात्मक घटनापछि विकासीत भएको परिस्थितीमा आपसी सद्भाव कायम गर्न आज (मंगलबार) दुहवीमा सद्भाव र्याली निकालिएको छ।
र्यालीले सामाजिक एकता, सहिष्णुता र आपसी सम्मान कायम गर्न माग गर्दै दुहवी बजार परिक्रमा गरेको थियो । यालीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरी, दुहवीका विभिन्न संस्थाका प्रतिनिधि तथा सामाजिकअगुवाहरुको सहभागिता रहेको थियो।
हिजो जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले सामाजिक सद्भाव गर्न अपील गरे बमोजिम दुहवीमा सद्भाव र्याली निकालिएको हो।
सो क्रममा देवानगञ्ज घटनाका दोषीलाई कारबाही गर्न र यस्ता घटना फेरि हुन नदिन सचेतता अप्नाउन सरकारलाई आग्रह गरियो।










