सुनसरी । पूर्वी पहाडी क्षेत्रमा निरन्तर वर्षा हुन थालेपछि सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । आज(विहिबार) दिउँसोबाट नदिमा पानीको बहाव बढ्न थालेको हो ।

दिउँसो ३ बजे गरिएको मापनमा कोशी व्याारेजमा दुई लाख ४८ हजार ८६५ क्युसेक छ ।

कोशी व्यारेजका ५६ ढोका मध्ये ३४ वटा ढोका खोलिएको छ । व्यारेजमा १ लाख ५० हजार माथी पानीको सहत पुगेपछि त्यसलाई खतराको रुपमा लिएर रातो बत्ति बाल्ने गरिन्छ । त्यसैले अहिले संकेत स्वरुप रातो बत्ति बालिएको रातो झण्डा राखिएको छ ।