इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–९ भद्रटोलमा १६ वर्षीय किशोर मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ साउन १९ गते दिउँसो करिब २:३० बजे इटहरी–९ भद्रटोलस्थित नन्द बिष्टको घरमा डेरा गरी बस्ने बुद्धिसागर न्यौपानेका १६ वर्षीय छोरा सरोज न्यौपाने आफ्नै कोठाभित्र  मृत फेला परेका थिए।

उक्त घटनाको सम्बन्धमा साउन २० गते आत्महत्या दुरुत्साहन गर्न नहुने कसुरमा जाहेरी दर्ता भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा इटहरी–९ निवासी २७ वर्षीय अशोक न्यौपाने, ३३ वर्षीय नमराज न्यौपाने, ४३ वर्षीय बुद्धिसागर न्यौपाने र ३९ वर्षीया मुना न्यौपाने रहेका छन्।

प्रहरीले जिल्ला अदालत सुनसरीबाट साउन २० गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय इटहरीबाट घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।