विराटनगर । सुनसरीको देवानगञ्ज ३ कप्तानगञ्जमा दुई समुदायका बिचमा भएको झडपका क्रममा प्रहरीको गोली लागि मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिएको छ ।
मन्त्री परिषद्को आज बसेको बैठकले सुनसरी देवानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता,रबिन्द मेहता र सिराहाको गोल बजारका गणेशकुमार यादवलाई सहिद घोषणा गरिएको हो ।
साउन ९ गते राती दुई समुदायका बिचमा झडप हुँदा देवानगञ्ज ३ कप्तानगञ्जमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागि घाइते भएका जय प्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा र रबिन्द्रको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको थियो ।
देवानगञ् घटनापछि भड्किएको हिंसाका क्रममा गोलबजार भएको प्रदर्शनमा प्रहरीको गोली लागि गणेश यादवको मृत्यु भएको थियो । मृतकका घरमा पुगेर गृहमन्त्री सुधन गुरुङले परिवारसँग सात बुँदे सहमति गरेका थिए । सहमतिमा मृतक सबैलाई सहिद घोषणाको प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।











