विराटनगर । नेपाली कम्युनिस्ट पाटीले कोशी प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको टुङ्गो लगाएको छ । लामो समयको विवादपछि नेकपाले मन्त्रीहरूको सूची टुङ्गो लगाएको हो । नेकपाले जीवन आचार्यको नेतृत्वमा कोशी प्रदेश सरकारमा मन्त्रीहरू पठाएको छ । नेकपाका अनुसार मन्त्रीका लागि आचार्य सहित, गम्बु शेर्पा, खिनु लङ्वा मन्त्री हुने छन् । यस्तै सपना दर्जीलाई राज्य मन्त्रीको रूपमा पठाएको छ । मन्त्रालयका विषयमा थप छलफल गर्न संसदीय दलका नेता इन्द्र आङवो मुख्यमन्त्री निवास पुगेका छन् । सरकारमा पठाएका मध्ये जीवन र खिनु यस अघि पनि मन्त्री भइसकेका छन् । गम्बु र सपना भने नयाँ अनुहार हुन् । एक जना मन्त्रीको भन अझै टुङ्गो लाग्न सकेको छैन