सुनसरी । नेपाल प्रेस युनियन सुनसरीको १० औँ जिल्ला अधिवेशनले अध्यक्षको कार्यकाल दुई चरणमा बाँड्दै मातृकाप्रसाद नेपाललाई २०८४ फागुन ६ गतेसम्म अध्यक्षको जिम्मेवारी दिएको छ। त्यसपछि बाँकी कार्यकाल उषाकिरण घिमिरेले अध्यक्षका रूपमा सम्हाल्ने गरी नेतृत्व चयन गरिएको छ।

इटहरीमा शनिबार सम्पन्न अधिबेशनबाटनयाँ कार्यसमितिको उपाध्यक्षमा खुलातर्फ सुरेशचन्द्र दाहाल, महिलातर्फ सरस्वती चौधरी र समावेशीतर्फ वीरेन्द्र साह निर्वाचित भएका छन्।

सचिवमा सङ्गम विष्ट, सहसचिवमा खुलातर्फ अजमल अन्सारी र महिलातर्फ ज्योति पोख्रेल तथा कोषाध्यक्षमा नासिम अन्सारी निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यमा दीपक पुरी, मौसम कोइराला, स्मारिका राई, निशा राई, सन्जीव तिम्सिना, सरोज श्रेष्ठ, भीम चौधरी, शुभेच्छा राई र मीना राई निर्वाचित भएका छन्।

अधिवेशनले १३ जना केन्द्रीय प्रतिनिधि र १५ जना प्रदेश पार्षद्समेत चयन गरेको छ।

केन्द्रीय प्रतिनिधिमा ध्रुव ढकाल, पवन अधिकारी, अमर खडका, हर्ष सुब्बा, अजित का, गोविन्द धिमिरे, हेमराज दाहाल, सचिन पोखेल, मेनुका पाण्डे, विनय बाह्राकोटी, चन्दा खड्का, किरण पोखेल र उषाकिरण घिमिरे छन्।

त्यस्तै प्रदेश पार्षद्मा सुरेन्द्र मेहता, सुप्रिया राई, खेमराज सापकोटा, पिए मणि भट्टराई, निशान चौधरी, शुक्रान्त राई, सन्तोष हलुवाई, सुनील चौधरी, गुरु ढकाल, दीपक कार्की, राजकुमारी चौधरी, शान्ता निरौला, रोहित राई, गणेश निरौला र गङ्गा अधिकारी चयन भएका छन्।

अधिवेशनले पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारिताको व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको हो।

नयाँ कार्यसमितिले सुनसरीमा पत्रकारहरूको संस्थागत एकता मजबुत बनाउँदै पत्रकारका पेशागत तथा सामाजिक मुद्दामा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।