विराटनगर । मोरङका पत्रकार तेजन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा लेखेको बिषयलाई लिएर प्रहरीले पत्रकार खड्कालाई पक्राउ गरेको हो । 

उनले केहि दिन अघि उर्लाबारी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष उर्मीला कार्कीलाई लक्षित गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

स्टाटसका बिषयमा अध्यक्ष  कार्कीले साइबर अपराध अन्तरगत उजुरी दिएएपछि पत्रकार खड्कालाई  पक्राउ गरिएको हो । 

उर्लाबारी नगरपालिका–७ स्थित खोलाको बगरमा युवाहरूले खेलमैदान बनाउन थालेको विषयमा वडा कार्यालयले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो । 

सोही विवादमा वडाअध्यक्ष भ्रष्टचारमा लिप्त रहेको र जहाँ पनि कमिसन माग्ने गरेको आशयमा स्टाटस लेखेका थिए । उनले  गत बुधबार सामाजिक सञ्जालमा खेलमैदान बनाँउदा कमिसन आउदैन भन्दै  कार्कीको फोटो राखेर स्टाटस पोष्ट गरेका थिए ।