सुनसरी । बडादसैँ टीकाको तेस्रो दिन आज पनि टीका जमरा लगाउने क्रम जारी छ । मान्यजनको हातबाट टीका जमरा र आशीर्वाद थाप्न मानिसहरु आफन्तका पुग्दैछन् । 

विजयादशमीका दिनबाट सुरु भएको टीका लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्नेछ । विशेष गरी टाढा टाढाबाट आएकाहरु आफन्त भेट्न पूर्णिमाको दिन सम्म पुग्ने गर्छन् । 

यता बजारमा विस्तारै चहलपहल पनि बढ्न थालेको छ । टीका लगाउन गन्तव्य सम्म जाने यात्रु तथा सवारी साधनको चाप बाक्लीन थालेको छ । यस्तै दशैँ मनाउन घर पुगेकाहरु पनि कर्म थलो फर्कन थालेका कारण बजारमा चहलपहल बढेको छ । 

सार्वजनिक सवारीमा चाप छ भने किनमेलका लागि फलफूल पसल तथा किराना पसलहरुमा मानिसहरुको भिडभाड देखिएको छ ।