सुनसरी ।  भोटेकोशीमा आएको बाढीका कारण विपत्तिमा परेका नागरिकहरूको सहयागका लागि पाँचधारे शान्ति टोल विकास संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार बढि रकम प्रदान गरेको छ । 

इटहरी वडा नं. ४ स्थित पाँचधारे शान्ति टोल विकास संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  ५५ हजार ९३० रुपैयाँ जम्मा गरेको हो।

टोलवासीहरूबाट संकलन गरिएको रकममा संस्थाको कोषबाट केही रकम थप  गरी उक्त राहत सहयोग रकम कोषमा दाखिला गरिएको टोल विकास संस्थाले जनाएको छ।

संस्थाका अनुसार टोलवासीहरूबाट स्वच्छिक रूपमा संकलन गरिएको ४० हजार ९३० रकममा टोल विकास कोषको तर्फबाट  १५ हजार रकम थप गरी कुल  ५५ हजार ९३० रकम बाढी पीडितको सहयोगार्थ पठाइएको हो।

भोटेकोशी बाढीका कारण देशले ठूलो संकट र धनजनको क्षति व्यहोर्नुपरेको अवस्थामा विपद्को घडीमा मलमपट्टी लगाउने उद्देश्यले टोलबासीको तर्फबाट यो सहयोग हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष ज्ञानेन्द्र फुयाँलले जानकारी दिएका छन् ।

pandhare tol