विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । विश्लेषक दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार काठमाडौं, भोटाहिटीस्थित साइबर ब्यूरोमा मुद्दा भएका कारण उनलाई पक्राउ गरिएको हो ।
उनका विरुद्ध ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियोे । एक कार्यक्रम सहभागी हुने सिलसिलामा दाहाल मोरङ आएका थिए । उनलाई जहाजबाट काठमाडौं पठाउने तयारी भइरहेको एसपी कटुवालले बताए ।
विश्लेषक दाहालले विभिन्न समयमा राजनितिक विषयमा गम्भिर टिप्पणी गर्दै आएका थिए ।











