सुनसरी — सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

बराहक्षेत्र नगरपालिका–९ बरपिपल चोकमा लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको बीआर ३८ एपी ०२७७ नम्बरको भारतीय मोटरसाइकललाई शंका लागेर जाँच गर्दा ब्राउन सुगरजस्तो देखिने ०.८३ ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको अररिया, बेलवा ग्राम पञ्चायतका २० वर्षीय बिपिन कुमार यादव छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी प्रकाशपुरको संयुक्त टोलीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।