विराटनगर । दशैको बेला खसीको मासुको मूल्य मनपरी लिन थालिएपछि स्थानीय प्रशासन र स्थानीय तहहरूले खसीको अधिकतम मूल्य तोकेका छन् । प्रदेशको राजधानी विराटनगरमा खसीको मासु प्रति केज १४ सय रुपैयाँ सम्म लिन थालिएपछि विराटनगर महानगरपालिकाले प्रति किलो १ हजार २ सय भन्दा बढी लिएको पाइए कारबाही गर्ने जनाएको छ । यस्तै इटहरीमा भने १ हजार १ सय रुपैयाँ भन्दा बढी लिन नपाउने गरिको निर्णय भएको छ । दसैँमा खसीको मासुको माग बढी भएपछि व्यापारीहरूले खसीको मासुको मूल्य बढाएका थिए । विराटनगरमा बोसो बिनाको भन्दै व्यापारीले एक केजी मासुको मूल्य १ हजार ५ सय रुपैयाँ सम्म लिने गरेको पाइएको छ । यस्तै इटहरीमा बोसो नभएको मासु भन्दै १३ सय रुपैयाँ सम्म लिने गरिएको छ । बोसो सहितको मासुको भने १२ सय प्रति किलो १२ सय लिइँदै आएको छ ।
मासुको मूल्य बढाएपछि विराटनगर महानगरपालिकाले अनुगमन गर्दै विराटनगर महानगरपालिका भित्र खसीको मासुको मूल्य प्रतिकिलो १ हजार २०० रुपैयाँ कायम गरिएको छ । निर्धारित मूल्य कार्यान्वयन भए–नभएको विषयमा महानगरपालिकाको पशुपन्छी शाखा र नगर प्रहरीको संयुक्त टोलीले बजार अनुगमन समेत गरिरहेको छ । यस्तै इटहरी उप महानगरले भने प्रति किलो खसीको मासुको मूल्य १ हजार १ सय कायम गरेको छ । सो भन्दा बढी मूल्य लिइएको पाइए कारबाही गर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रवार महानगरपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, मासु व्यवसायी तथा उपभोक्ता मञ्चका प्रतिनिधिबिच भएको छलफलबाट खसीको मासुको मूल्य प्रतिकिलो १ हजार २०० रुपैयाँ कायम गर्ने सहमति भएको जनाएको छ । सो सहमति पछि मूल्य सूची राख्न लगाइएको थियो।
इटहरीका मासु व्यवसायीहरूले भने १ हजार रुपैयाँमा खसीको मासु बेच्न नसकिने बताएका छन् । उनीहरूले जिउँदो खसीको मूल्य बढेकाले उप महानगरले तोकेको मूल्यमा मासु बेच्न नसकिने बताएका छन्











