सुनसरी । आगामी कात्तिक ११ गते बुधबार देखी शनिबार सम्म नेपालका धेरै भूभागमा बर्षा तथा हिमपात हुने भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले बताएको छ । 

बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भइरहेको र यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले सचेतना अपनाउन आग्रह गरिएको छ । 

 मौसमविद् रोजन लामिछानेका अनुसार बुधबारदेखि नेपालको कोसी, बागमती र गण्डकी प्रदेशमा त्यसको प्रभाव पर्नसक्ने बताए।  ‘बिहीबारदेखि त्यसको प्रभाव अझ बढ्छ। शनिबार दिउँसोसम्म त्यसले नेपालका विभिन्न भूभागमा वर्षा र हिमपात गराउने सम्भावना छ।’

चारदिन चक्रवातको प्रभाव रहने भएकाले नेपालको पहाडी र हिमाली क्षेत्रमा पैदलयात्री र पर्यटकहरुले सावधानी अपनाउनु पर्ने सुझाव लामिछानले दिएका छन्। 

यो समयमा धानबाली भित्र्याउने तयारीमा रहेका किसान पनि सचेत बन्नुपर्ने मौसमविद्को भनाई छ । यो समयमा धान नकाट्न उनीहरुको सुझाव रहेको छ । यो समयमा आवश्यक पूर्व तयारी गर्न भनिएको छ ।