इटहरी । सुनसरीको इटहरीमा ‘डियरवे’ (Deerway) र ‘डेनिम नेसन’ (Denim Nation) ब्रान्डका कपडा तथा फेसन सामग्रीको नयाँ शाखा सञ्चालनमा आउने भएको छ ।
दुई ब्रान्डलाई एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यसहित आगामी कात्तिक १८ गतेदेखि इटहरीमा शाखा सञ्चालनमा ल्याउन लागिएको सञ्चालक उत्तम कोइरालाले जानकारी दिएका छन् ।
इटहरी ६ स्थित गोलचौक पूर्व सेन्ट्रल प्लाजाको विपरीत दिशामा रहने उक्त आउटलेटको उद्घाटन बिहान १०ः३० बजे गरिनेछ ।
डियरवेले स्पोर्ट्स, क्याजुअल तथा लाइफस्टाइलसम्बन्धी सामग्री उपलब्ध गराउँदै आएको छ भने डेनिम नेसनले जिन्स, क्याजुअल तथा लाइफस्टाइल फेसनका सामग्रीलाई प्राथमिकता दिँदै आएको छ ।
दुवै ब्रान्डका उत्पादन एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्यसहित शाखा सञ्चालन गर्न लागिएको कोइरालाले बताए ।
नयाँ आउटलेटबाट युवादेखि सबै उमेर समूहका ग्राहकले आफ्नो रुचि र आवश्यकताअनुसारका फेसन सामग्री छनोट गर्न सक्ने अपेक्षा गरिएको छ ।
पूर्वी नेपालमा बढ्दो फेसन तथा रेडिमेड कपडाको बजारलाई लक्षित गर्दै इटहरीमा नयाँ आउटलेट सञ्चालन गर्न लागिएको हो ।











