सुनसरी । कोशी प्रदेशका बिभिन्न खेलका खेलाडीहरुले सामाजिक विकास मन्त्रालय कोशी प्रदेशलाई खेलकुद बिकास बोर्डको खाता सुचारु गर्न माग गरेका छन् । खेलाडीहरुले मंगलबार सामाजिक विकास मनत्रालय पुगेर मन्त्रालयले बन्द गरेको खाता सुचारु गर्न माग गरेका हुन ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेश सरकारले बर्खास्त गरेको थियो । बर्खास्त गरेसँगै बैंक खाता पनि मन्त्रालयले बन्द गरेको थियो । वाग्लेलाई उच्च अदालत विराटनगरले पुर्नवहाली गरेको छ । तर सामाजिक विकास मन्त्रालयले खाता बन्द गर्दा दुई महिना अघि सम्पन्न भएको भद्रपुर झापा गोल्डकपका खेलाडीहरुले रकम पाएका छैनन् भने अन्य बिभिन्न प्रतियोगिता सञ्चालन हुन सकेको छैन ।
खेलाडी लगायत विभिन्न खेलाडी आवद्ध संघसंस्थाका प्रतिनिधि सामाजिक विकास मन्त्रालय पुगेर घेराउ गरी तत्काल खाता सुचारु गर्न माग गरे । सदस्य सचिवले गल्ती गरेको बहानामा बिभिन्न खेललाई अनिणर्यको बन्दी बाउन नहुने खेलुकद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीले बताए ।
बैंक खाता बन्द भएपछि बैशाखदेखि असार पहिलो सातासम्म सञ्चालन हुने १३ वटा विविध खेलका लागि विनियोजन भैसकेको रकम खाता सुचारु नहुदा रोकिएका छन् ।