विराटनगर । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । 
उद्घाटन खेलमा यजुनिर एकल छात्र र यजुनिर एकल छात्रा तर्फका खेलहरू भएको छ । यजुनिर छात्र एकल तर्फ विराटनगरको एभरेस्ट स्कुल र बुढानीलकण्ठ स्कुल फाइनलमा पुगेको छ । 
एभरेस्ट स्कुलका सुशान्त मेहताले सगरमाथाका सोनु महतोलाई ३–१ सेट अन्तरले पराजित  गर्दै एभरेस्ट फाइनलमा पुगेको हो । 
त्यसै गरी बुढानीलकण्ठ स्कुलका रुपेश श्रेष्ठले जेसी बाल सदनका रिशित साहलाइ ३–१ सेटले पराजित गर्दै बुढानिलकण्ड फाइनल यात्रा सुरक्षित गरेको छ । 
यजुनिर छात्रा तर्फ सेन्ट मेरिज स्कुलको पूर्ण दबदबा रह्यो । सेमिफाइनलमा सेन्ट मेरिजका आर्नवी भट्टराई, स्वीकृति भट्टराई, अपाला साह र विज्ञता थापा सेमिफाइनल प्रवेश गरेका छन् । शुक्रवार सब–यजुनिर छात्र र सब–यजुनिर छात्रा सिङल्स तर्फका खेलहरू हुने मिल्स पार्क क्लबका अध्यक्ष धनकुमार लामाले जानकारी दिए । खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगरका दुई दर्जन विद्यालयबाट सय भन्दा बढी खेलाडी विद्यार्थीहरूको सहभागी रहेको छ । 

प्रतियोगिताको उद्घाटन विराटनगर १६ का वडाध्यक्ष उद्धव कुमार भुजेलले गरे ।