सुनसरी । उच्च अदालत बिराटनगरले खेलकुद बिकास बोर्ड कोशीका सदस्य सचिव हंशराज वाग्लेलाई हटाउने निणर्य कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई पुन निरन्तरता दिएको छ ।
कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रीपरिषद बैठकले वाग्लेलाई बर्खास्त गर्ने निणर्य गरेको थियो । उक्त निणर्य बिरुद्ध वाग्लेले उच्च अदालत बिराटनगरमा रिट दायर गरेका थिए ।
उच्च अदालतका न्यायधिस कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निणर्य कार्यन्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो । अदालतका न्यायधिसहरु कृष्णकमल अधिकारी र राजन प्रसाद भटराईको इजलाशले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिन आज सोमबार अर्को आदेश जारी गरेको हो ।
अदालतले यसअधि जेठ ११ गते दुबै पक्षलाई छलफलको लागि बोलाएको थियो । उक्त दिनको छलफल पश्चात अदालतले आज सोमबारको लागि पेशी तोकेको थियो ।
यसअघि वाग्लेलाई हटाउने तयारी गरेको सामाजिक बिकास मन्त्रालयले दुई पटक स्पष्टीकरण सोधेको थियो । वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै मन्त्रालयले वैशाख १७ गते पहिलो र २९ गते दोस्रो पटक उनीसँग स्पष्टीकरण मागेको थियो ।
दुबै स्पष्टीकरणको जवाफ समेत चित्त बुझ्दो नभएको जनाउदै सामाजिक बिकास मन्त्री बुद्धीकुमार राजभण्डारीको प्रस्तावमा मन्त्री परिषद बैठकले वाग्लेलाई पदमुक्त गरेको थियो ।