विराटनगर । सङ्खुवासभा सभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढी र पहिरोका कारण धन जनाको क्षति भए पनि उद्धार र राहतमा समस्या भएको छ । 
घटना स्थलमा सशस्त्र प्रहरी, जनपद प्रहरी पुगे पनि खोलामा ठुलो बाढी आएका कारण खोजविनामा समस्या भएको छ ।  हेवा खोला र पिलुवा खोलामा आएको बाढी नघटेकाले खोजबीनमा समस्या भएको सशस्त्र प्रहरीका डिआइजी अन्जनी पोख्रेलले बताए । 
बाढीका कारण सङ्खुवासभाको चैनपुर नगरपालिकामा निर्माण भइरहेको सुपर हेवाँ हाइड्रो पावर निर्माणमा संलग्न १७ जना बेपत्ता भएका छन् । 4

निर्माण भइरहेको हाइड्रो पावरको क्याम्प भएको क्षेत्रमा सुरक्षाकर्मीको टोली पुगे पनि खोज बिन हुन नसकेको चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले बताए ।
उनले भने, हाइड्रो बनाउन आएका कामदार बस्ने २ वटा क्याम्प थियो । अहिले कहाँ क्याम्प थियो भनेर निशाना समेत छैन । एउटा क्याम्पमा ९ जना र अर्कोमा ७ जना बस्ने गरेको उनले बताए । 
2
बेपत्ता भएका मध्ये ४ जना स्थानीय र अरू बाहिरबाट हाइड्रोमा काम गर्न आएका थिए । उनले हेवाँ खोलामा अहिले पनि ठुला बाढी आइरहेकाले खोजविन समेत गर्न नसकिएको बताए । 
उनले दोभानेमा समेत एउटा टोली खोजीका लागि पुगेको बताए । त्यहाँ एक जनाको शव फेला परे पनि सनाखत नभएको जानकार दिए । 
2 1