विराटनगर । झापाको दमकबाट ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  दमक नगरपालिका–१ बाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।  लागु औषध ब्राउन सुगर बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ५ ग्राम ब्राउन सुगर फेला पारेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २० वर्षीय शैलेश कुमार मगर, २३ वर्षीय एनोस राई, दमक २ का २८ वर्षीय मदन बहादुर मगर, २५ वर्षीय हेम श्रेष्ठ र दमक ६ का २० वर्षीय अन्जान मगर छन् ।  पक्राउ परेकाहरूको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।