इटहरी । मोरङको विराटनगर भन्सार नाकाबाट ठुलो परिमाणमा स्रोत नखुलेको भारतिय रुपैयाँ सहित २ व्यक्ति पक्राउ परेका छन् ।
भारतबाट नेपाल तर्फ आउँदै गरेका भारत विहारका ८१ बर्षका राम नरेश सिंहको साथबाट स्रोत नखुलेको सात लाख ७९ हजार भारतिय रुपैँया सहित पक्राउ परेका छन् । बरामत भएको भारतीय रुपैँयाको नेपाली रुपैँया १२ लाख ४६ हजार चार सय हुन्छ ।
आज दिउँसो भारतबाट नेपाल तर्फ आउँदै गरेको वि आर ०१ पि जी २११५ नम्बरको भारतिय गाडीलाई चेकजाँच गर्ने क्रममा सो परिमाणमा स्रोत नखुलेको भारतिय रुपैँया फेला परेको हो ।
विराटनगर भन्सार कार्यालय २ नम्बर ढाटमा शसस्त्र प्रहरीका सहायक निरिक्षक प्रमेश श्रेष्ठको कमाण्डमा रहेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम फेला पारेको हो ।
पक्राउ परेका व्यक्तिको साथबाट दुई थान मोबाईल सेट पनि बरामत गरेको छ ।
पक्राउ गरेको सवारी, सवारी चालक रतिस पासवानलाई प्रहरी सीमा सुरक्षा गुल्म रानी मोरङमा राखिएको शसस्त्र प्रहरी बराहा बाहिनीका डिआईजी अन्जनी पोखरेलले जानकारी दिए । आवश्यक थप अनुसन्धानका लागि राजश्व अनुसन्धान इकाई कार्यालय इटहरी बुझाईने डिआईजी पोखरेलले जानकारी दिए ।