विराटनगर । उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ। सर्दु जलाधार क्षेत्रको भन्दै व्यक्तिले भोग चलन गर्दै आएको जग्गामा बृक्षरोपण गरेका साम्पाङ विरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको हो । धरान ४ की रोजिना अधिकारीले दायर गरेको रिट निवेदन उपर अन्तरिम आदेश दिँदै उच्च अदालत विराटनगरका न्यायाधीश मिलन राईको एकल इजलासले रोजिना अधिकारीले भोग चलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्ने जस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न नगराउन भनिएको छ।
अघिल्लो शनिवार धरानका मेयर हर्क साम्पाङले धरान उपमहानगरपालिका भित्र पर्ने तत्कालीन बाँझगरा गाविस वडा नम्बर ९(ग) किता नम्बर ४२१ र ३४५ मा जग्गामा बृक्षरोपण गरेका थिए । रोजिना अधिकारीको नाममा धनी पूर्जा रहेको जग्गामा गएर बृक्षरोपण गर्न थालेपछि जग्गा धनीले बृक्षरोपण स्थलमा पुगेर उक्त जग्गा आफ्नो भएको जानकारी गराएकी थिइन् ।
अधिकारीलाई नगर प्रहरी लगाएर लछार पछार गर्दै मेयर साम्पाङले अभियन्ता सहित वृक्षारोपण गरेका थिए । आफूले भोग चलान गरिरहेको जग्गा कब्जा गरी बृक्षरोपण गरेपछि अधिकारी उच्च अदालत विराटनगर गएकी थिइन् । उनले दिएको रिट निवेदनको सुनुवाइ गर्दै न्यायाधीश राईको इजलासले यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी नहुनु पर्ने हो बाटोको म्याद बाहेक १५ दिन भित्र अदालतमा हाजिर हुन धरानका मेयर हर्क
साम्पाङलाई
आदेश दिएको छ । अधिकारीले धरान उप महानगरपालिकालाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् ।


