विराटनगर । डेङ्गी रोगको सङ्क्रमण रोकथामका लागि विराटनगर महानगरपालिकाले रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ । अभियान अन्तर्गत महानगरपालिका वडा न.८ ले डेङ्गी रोगका विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
वडा स्तरीय अभिमुखीकरण कार्यक्रम अन्तर्गत वडा न.८मा वडा अध्यक्ष, वडाका सदस्यहरू,विभिन्न टोल सङ्गठनका प्रतिनिधिहरू, सहकारी संस्थाका प्रतिनिधिहरू सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा महानगरपालिकाकाका स्वास्थ्य शाखाका प्रमुख हैदर अलिले सहजीकरण गरेका थिए । कार्यक्रमलाई निरन्तरता दिँदै यस वडाका विद्यालयहरूमा सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । साथै टोल सङ्गठनहरू सँग समन्वय गरी टोल–टोलमा डेङ्गी खोज तथा नष्ट अभियान सञ्चालन गरिने जनाइएको छ ।