विराटनगर । विराटनगरमा भएको प्रथम देवीबहादुर कटुवाल र कपिलबहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेस्ट स्कुलले जितेका छन् । प्रतियोगिताको विभिन्न इभेन्ट्समा भएका खेलमा सेन्टमेरिज, एभरेस्ट, बुढानीलकण्ठ, अरनिको र लिपिलुट स्कुल विजयी हुँदै उपाधि जितका हुन् ।  
विराटनगर टेबल टेनिस क्लबले आयोजना गरेको प्रतियोगितामा ओपन यजुनिर गल्र्स सिङ्गलतर्फ सेन्टमेरिजकी आर्नवी भट्टराईले सोही स्कुलकी विज्ञता थापालाई ११–७, ११–५ र ११–६ सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । सेन्टमेरिजकी मनिमा दाहाल र मानसी सेठिया तृतीय भए ।
ओपन यजुनिर ब्वाइज सिङ्गलतर्फ एभरेस्ट स्कुलका सुशान्त मेहताले बुढानीलकण्ठ स्कुलका रुपेश श्रेष्ठलाई १२–१०, ११–८, ९–११ र ११–८ ले स्कोरले पराजित गर्दै उपाधि जिते । लिलिपुटका श्रीजल प्याकुरेल र लिलिपुटकै पृथकराज राई तृतीय भए ।
क्याडेट गल्र्स सिङ्गलतर्फ बुढानीलकण्ठ स्कुलकी मानसी तामाङले अरनिकोकी सुवेक्षा कर्णलाई ११–५ र ११–५ सेटमा हराउँदै उपाधि जितिन् । पिटर प्यान स्कुलकी प्रेशिका न्यौपाने र इशिका अग्रवाल तृतीय भए । क्याडेट ब्वाइज सिङ्गलतर्फ अरनिको स्कुलका आयुद्ध भण्डारीले एभरेस्ट स्कुलका रेहन यादवलाई ११–८ र ११–९ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । सगरमाथा स्कुलका जीवन पण्डित र बुढानीलकण्ठ आयन श्रेष्ठ तृतीय भए । 
गल्र्स सिङ्गलतर्फ एभरेस्टकी कृपा पोखरेलले श्री श्री रवि शंकरकी स्वाती साहलाई ११–६, ९–११, ११–९ र ११–९ स्कोरले हराउँदै उपाधि जितिन् । श्री श्री रवि शंकरकी सिम्रन सुवेदी र सेन्टमेरिजकी स्वर्णीमा बुढाथोकी तृतीय भए । ब्वाइज सिङ्गलतर्फ लिलिपुटका श्रीजल प्याकुरेलले बुढानीलकण्ठका रिजन पाण्डेलाई ११–७, ६–११, ११–७ र ११–३ स्कोरले हराउँदै उपाधि जिते । सगरमाथाका अभिषेक मुखिया र श्री श्री रविशंकर सक्षम बस्नेत तृतीय भए । 
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र कोशी प्रदेशसभाका सदस्य केदार कार्की, टेबल टेनिस संघका केन्द्रीय सदस्य अनुज बानियाँ, आयोजक क्लबका अध्यक्ष बिकेन थापालगायतले पुरस्कार प्रदान गरे ।  

प्रतियोगितामा विराटनगरका १६ वटा निजी विद्यालयबाट १ सय ८० जना खेलाडीहरूले ब्वाइज र गल्र्स सिंगल, क्याडेट ब्वाइज र गल्र्स तथा यजुनिर ब्वाइज र गल्र्सका इभेन्ट्समा सहभागिता जनाएका थिए ।