इटहरी । नारायणगढदेखि करिब ६ किलोमिटर उत्तरमा त्रिशूली र काली  गण्डकी नदीको सङ्गम स्थलमा रहेको देवघाट धाम हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण देवघाट धाम शान्ति र आध्यात्मिक उन्नयनको लागि अति महत्त्वपूर्ण क्षेत्र मानिन्छ । 
देवघाटमा संस्कृत पाठशाला, पीठाधीश, विभिन्न देवदेवीका मन्दिर तथा वृद्धाश्रम समेत छन् । देवघाट आउने भक्तजनले चितवन र तनहुँ, जिल्ला जोड्ने झोलुङ्गे पुल तरेर तनहुँपट्टिको क्षेत्रमा विभिन्न गुफा तथा मन्दिरको दर्शन पनि गर्छन् ।
deb ghat 2

देवघाट धाम तनहुँको देवघाट गाउँपालिका, नवलपरासीको गैँडाकोट नगरपालिका र चितवनको भरतपुर महानगरपालिकाको संगमस्थल पनि हो । देवघाटमा माघे सक्रातिका दिन ठुलो मेला लाग्ने गर्छ ।देवघाटमा नुहाएमा मोक्ष पाइन्छ भन्ने विश्वास हिन्दु धर्मावलम्बीहरूमा छ । माघे सङ्क्रान्तिमा ठुलो मेला लाग्ने भए पनि देवघाटमा सधैँ जसो भक्तजनको घुइँचो लाग्छ । वैशाख सङ्क्रान्ति, माघे सङ्क्रान्ति , ठुलो एकादशी, बालाचतुरदशी , ग्रहण लागेको समय र साउन महिनामा पनि भक्तजनको बाक्लो भिड लाग्छ ।
17

देवघाटमा  वशिष्ठ गुफा र सीता गुफा, चक्रेश्वर मन्दिर, केदारनाथ मन्दिर ,बागेश्वरी मन्दिर ,बद्री मन्दिर ,मौला कालिका मन्दिर महेश संन्यास आश्रम ,हरिहर संन्यास आश्रम ,गलेश्वर आश्रम आदि रहेका छन् । 
debghat 8

देवघाटमा दर्जनौँ मन्दिर, देवालय, मठ, गुम्बा, आश्रम, वृद्ध वृद्धाका लागि निःशुल्क आश्रम पनि छन् । यो क्षेत्रमा वशिष्ठ गुफा र सीता गुफा प्रख्यात छन्, परापूर्व कालमा समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको किंवदन्ती छ ।यस  क्षेत्रमा प्राचीन गुरुकुलको सम्झना दिलाउने गरी संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा  स्नातकोत्तर तहसम्मको पढाइ हुने गर्छ ।

debghat 7

debghat 4

debghat 14

debghat 12

d 13

deb ghat 2

Deb Gjat 15