सुनसरी । शिलान्यास भएको एक दशक नाघे पनि निमाणर्को काम अगाडि बढ्न नसक्दा आदिवासी रङ्गशालाको काम अलपत्र परेको छ ।
कमल गाउँपालिकास्थित आदिवासी रङ्गशाला शिलान्यास भएको एक दशक नाघे पनि निमाणर्को काम अझै अघि अगाडि बढ्न सकेको छैन । तत्कालीन रक्षा मन्त्री विद्यादेवी भण्डारीले २०६७ सालमा शिलान्यास गरेको उक्त रग शालाको नामका विषयमा विवाद उत्पन्न भएपछि निर्माण कार्य अघि बढ्न नसकेको हो ।
जनजातिको सात सय ४५ समाधि उत्खनन गरेर बनाइने रङ्गशालाको नाम आदिवासी राख्ने सर्वपक्षीय निर्णय भएको थियो । तर केपी ओली सरकारले नाम परिवर्तन गरी मदन भण्डारी रङ्गशाला राख्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो ।
रहेको आदिवासी रङ्गशालासँग अन्तर्राष्ट्रिय स्तरको बनाउन पुग्ने २३ बिघा भन्दा बढी जग्गा छ । २०६७ सालमा शिलान्यास गरिएको रङ्गशालामा झन्डै ३ करोड खर्च गरेर मैदान सम्म्याउने र बार हाल्नेभन्दा केही काम अगाडि बढेको छैन ।
रङ्गशाला निर्माण नहुँदा स्थानीय तहमा खेल आयोजना गर्नु परे विद्यालयका मैदानको प्रयोग गर्नुपर्ने बाध्यता छ । बाहेक विकल्प छैन । रङ्गशालाको अभावले खेलाडीहरूको प्रदर्शनमा समेत असर परेको छ । अभ्यासका लागि उपलब्ध हुनुपर्ने उक्त मैदान अहिले चौपाया चरिचरन र सवारी सिक्ने थलो बनेकोले सक्दो चाँडो रङ्गशाला निर्माण गरिनुपर्ने खेलाडीको माग छ ।
सङ्घीय सरकारले यस आर्थिक वर्षमा आदिवासी रङ्गशालाका नाममा बजेट विनियोजन गरेकाले निर्माण कार्य अघि बढने आशा पलाएको आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठान झापाका कार्यबहाक अध्यक्ष दिपेनवाला राईले बताए ।