विराटनगर । विराटनगर सहित पूर्वी तराई जिल्लाहरूमा चिसो बढेको छ। बिहान हुस्सु लाग्न थालेको छ। बिहीबार दिउँसो सामान्य वर्षा भएसँगै चिसो बढेको हो । मङ्सिर २१ सम्म दिउँसो घाम लाग्दै आएको भए पनि बिहीबारवाट भने दिउँसो घाम लाग्न छाडेको छ ।

बिहिवारको सामान्य वर्षाले शुक्रवार बिहानै देखि हुस्सु लागेको हो ।
पूर्वी तराईमा घाम लाग्न छाडेपछि सित लहर सुरु हुने गर्दछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ । महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई, मधेशका जिल्लाहरूमा हुस्सु र कुहिरो लाग्न थालेको छ । 


