झापा । झापाको मेचीनगर —७ मा सोमबारबाट सुरु प्रथम जोर सिमल कप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । जोर सिमल युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल उप्रेतीले गरिन् । उद्घाटन खेलमा आयोजक जोर सिमल युवा क्लब विजयी भएको छ । प्रतिस्पर्धी मोहन कित्ता फुटबल क्लबमाथि १ शून्य गोल अन्तरले जोर सिमल विजयी भएको हो । खेलको दोस्रो हाफको २० मिनेटमा जोर सिमलका विकास दनुवारले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच समेत घोषित दनुवारलाई युवा परिषद् मेचीनगरका उपाध्यक्ष विवेक खवासले म्यान अफ दी म्याचको पुरस्कार प्रदान गरे । आजको खेल घोडा जिन फुटबल क्लब मेचीनगर र ब्रर्दश फुटबल क्लबबिच हुने आयोजक क्लबका अध्यक्ष सञ्जय मेचेले जानकारी दिए ।
आगामी पौष १६ गतेसम्म हुने प्रतियोगिताको फाइनल खेलको विजेता टिमले नगद ३१ हजार तथा उपविजेता टिमले नगद २१ हजार रुपैयाँसहित शील्ड तथा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १२ वटा क्लबको सहभागिता रहेको छ ।