सुनसरी । जिल्ला फुटबल संघ सुनसरीले जिल्लामा हुने गोल्डकपहरुलाई व्यवस्थित गर्ने भएको छ ।
एन्फा सुनसरीको शनिवार इटहरीमा सम्पन्न बैठकले पछिल्लो समय टोल टोलमा फुटबल प्रतियोगिता हुन थालेपछि जिल्लामा सञ्चालन हुने प्रतियोगितालाई नियमन एवं व्यवस्थित गर्नका लागि कार्यविधि तयार गरेर लागु गर्ने निर्णय गरेको छ ।
aaa
जिल्लामा हुने गोल्डकपहरुको आर्थिक पारदर्शिताको बारेर गुनासो बढेपछि कार्यविधि बनाइने भएको एन्फा सुनसरी महासचिव कोबिदजंग कार्कीले बताए ।  बैठकले जिल्ला फुटबल सङ्घको वार्षिक साधारण सभा आगामी माघ २० गते गर्ने निर्णय गरेको छ ।
शनिवार एन्फा वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोसी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईको आतिथ्य र सुनसरी अध्यक्ष नवीन राईको अध्यक्षतामा बसेको बैठकले सङ्घको वार्षिक साधारण सभा माघ २० गते शनिवार एन्फा एकेडेमी धरानमा गर्ने निर्णय गरेको हो ।
aaaaa
बैठकले अखिल नेपाल फुटबल सङ्घको माघ ८ गते हुने विशेष साधारण सभामा सङ्घका अध्यक्ष नवीन राई र महासचिव कोबिदजंग कार्कीलाई पठाउने निर्णय गरेको छ ।
बैठकले सङ्घका सदस्य क्लबका प्रतिनिधिलाई फिफा कनेक्टिगंबारे माघ १३ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र सङ्घको आयोजनामा कम्युनिटी कोचिगं कोर्स चैत्र ७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको एन्फा सुनसरी महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।
aa
यस्तै बैठकले हिसान एन्फा कप फुटबल प्रतियोगिता सञ्चालनका लागी हिसान सुनसरीसँग समन्वय गरेर माघ महिना भित्र सञ्चालन गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए । यसबर्षको जिल्ला लिग  चैत्र २४ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको महासचिव कार्कीले जानकारी दिए ।