सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०८० अन्तर्गत हिसान रनमा छात्रतर्फ धरान मेघा हिमालयन कलेज र छात्रातर्फ कोसी सेन्ट जेम्स स्कुल प्रथम भएका छन् ।
   इटहरीमा आइतबार बिहान भएको ५ किलोमिटर लामो दौडमा धरान मेघाका संयोगहाङ राईले निर्धारित दुरी १४ मिनेट ३९ सेकेन्डमा पुरा गरेर प्रथम भए । एम्स एकेडेमी धरानका प्रताप राई १५ मिनेट ६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए । सुनाखरी एकेडेमीका उज्ज्वल राईले १५ मिनेट १९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए । 
winner boys
       छात्रातर्फ कोसी सेन्ट जेम्सकी आयुसा प्रधानले २० मिनेट २२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै प्रथम भइन । धरान मेघा कलेजकी सुभेक्षा राई दोस्रो र सीबी कलेज इटहरीकी तुलसा खड्का तेस्रो भएन । राईले निर्धारित दुरी २० मिनेट ४० सेकेन्ड र खड्काले २४ मिनेट १५ सेकेन्डमा पुरा गरेकी थिइन । प्रथम हुने धावक धाविकाले नगद १० हजार, द्वितीयले ५ हजार र तेस्रोले ३ हजार नगद पुरस्कार पाए । 
winer girls
     गत वर्ष भएको हिसान रनमा छात्रतर्फ नमुना कलेज र छात्रातर्फ धरान आदर्श प्रथम भएका थिए । इटहरीमै सम्पन्न भएको ५ किलोमिटर लामो दौडमा नमुना कलेजका सरोज सिंहले निर्धारित दुरी १४ मिनेट १० सेकेन्डमा पुरा गरेर प्रथम भएका थिए भने सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भएका थिए । धरान उच्चका अर्जुन कुमार राईले १४ मिनेट ३६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भएका थिए । गत वर्ष छात्रातर्फ धरान आदर्शकी आयशा लिम्बु प्रथम भएकी थिइन भने कस्तुरी कलेजकी इशा यादव दोस्रो र हिमशिखर स्कुलकी तनुजा थापामगर तेस्रो भएकी थिइन । लिम्बुले निर्धारित दुरी २० मिनेट ४० मिनेट, यादवले २० मिनेट ५४ र थापामगरले २१ मिनेट १० सेकेन्डमा पुरा गरेकी थिइन । 
winner boys1
      धरान रनको प्राविधिक सहयोगमा आइतबार सम्पन्न रनका विजयी धावक धाविकाहरूलाई हिसानका केन्द्रीय सल्लाकार लेखनाथ घिमिरे, केन्द्रीय सदस्य मुकुन्द घिमिरे, सुनसरी अध्यक्ष सागर भटराई, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेत लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा सुनसरीका विभिन्न उच्च माविका २ सय ५० धावक धाविकाहरूको सहभागिता रहेको कार्यक्रम संयोजक सुवास लुइँटेलले जानकारी दिए ।