विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् ।  नेपाल क्रिकेट फाउन्डेसन र मोरङ जिल्ला क्रिकेट सङ्घको संयुक्त आयोजनामा सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले जाइरिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको जाइरिङले निर्धारित १७ ओभर ९ विकेट गुमाई ७७ रन बनायो । जसमा अहमद इरफानले सर्वाधिक २७ रन बनाए । कोशीका रविन मण्डलले ३ विकेट लिए ।
७८ रनको लक्ष्य पछ्याएको कोशीले ५ दशमलव २ बलमा २ विकेट गुमाई  विजयी लक्ष्य हासिल गर्‍यो  ।  कोशीको जीतकोलागि म्यान अफ द म्याच रविन मण्डलले सर्वाधिक ६५ रनमा अविजित रहे । राइजिङका अहमद समीर आलमले २ विकेट लिए ।
दोस्रो खेलमा अरनिको स्कुलले सगरमाथा स्कुललाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८  विकेट गुमाई १ सय ३६ रनको योगफल बनायो । जसमा अमन यादवले ३२ रन बनाउँदा लुसाङ गुरुङले २९ रनको योगदान दिए । सगरमाथाका विखिल साहले ३ विकेट लिए ।

१ सय ३७  रनको विजयी लक्ष्य पाएको सगरमाथाले ११ ओभरमा सबै विकेट गुमाई ४४ रनमा सीमित भयो ।  सौरभ रायले सर्वाधिक ११ रन बनाए । अरनिकोका म्यान अफ म्याच लुसाङ गुरुङले सर्वाधिक ३ विकेट लिए ।