विराटनगर ।  राष्ट्रिय डोरी तान प्रतियोगिता आजदेखि सुरु हुूँदैछ । कोसी प्रदेशमा  पहिलो पटक राष्ट्रिय डोरी तान प्रतियोगिता हुन लागेको हो ।  नेपाल डोरी तान सङ्घ र कोसी प्रदेश डोरी तान सङ्घको आयोजनामा राष्ट्रिय डोरी तान प्रतियोगिता हुन लागेको हो ।  प्रतियोगिता आज र भोली (१८ र १९ गते) दुई दिने हुने राष्ट्रिय डोरी तान प्रतियोगिता आयोजक समितिकी संयोजक तथा  कोसी प्रदेश डोरी तान सङ्घकी अध्यक्ष रिता न्यौपानेले जानकारी दिइन्  ।  विराटनगरको  महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन कोसी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्कीले गर्ने उनले जानकारी दिइन् ।  नेपालको पुरानो खेल भए पनि लामो समयदेखि ओझेलमा परेको डोरी तान खेललाई प्रवर्द्धन र विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको दाबी छ ।  
doritann

प्रतियोगितामा सात प्रदेशका ७ वटा टिम तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाको विभागीय टोली सहित १० टिमले प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा विजेता टोलीलाई नगद १ लाख र उपविजेता टोलीले ५० हजार प्राप्त गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको उपस्थितिमा  समापन कार्यक्रममा  विजेतालाई नगद सहित मेडल, सिल्ड र प्रमाणपत्र प्रदान गरिने उनको  भनाई छ ।  २०६४ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको डोरी तान सङ्घले यो बिचमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेत जितिसकेको आयोजकको दाबी छ । आयोजक नेपाल डोरी तान सङ्घका उपाध्यक्ष सुवास पोखरेलले  सङ्घले दोस्रो पटक राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार, गत वर्ष राष्ट्रिय प्रतियोगिता काठमाडौँमा भएको थियो । प्रतियोगिता सम्पन्न गर्नको  करिब १९ लाख लाग्ने अनुमान आयोजकको छ।